परम्परागत कृषी प्रणालीको अवलम्बन गर्दा कृषिजन्य वस्तु आयात गर्नु परेकाे कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिह यादवले बताउनु भयाे । उहाँले परम्परागत खेती प्रणालीलाई आधुनिकिकरण गर्नु पर्ने आवश्यकता रहेकाे कृषि मन्त्री यादवले बताउनुभयाे ।
कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र सर्लाहीको नव नवनिर्मित भवन उद्घाटनका लागि सर्लाही आउनु भएको मन्त्री यादवले यस्ताे बताउनु भएको हाे । मन्त्री यादवले मधेश प्रदेशलाई केन्द्र सरकारले हेला गरेर थाेरै रकम विनियाेजन गरेकाे आराेप समेत लगाउनु भयाे । कृषप प्रधान देशमा २/३ प्रतिशत बजेट विनियाेजन गर्नु दु: खकाे कुरा भएको बताउनु भयाे ।
साथै किसानहरु पनि रासायनिक मलमा आत्मानिर्भर हुँदा उत्पादनमा कमी आएकाे र त्यसलाई व्यावस्थापन गर्न आफ्नाे गाउँ घरमा उत्पादन भएको प्राङ्गारीक मललाइ सकेसम्म बढी प्रयाेग गर्न पनि कृषि मन्त्री यादवले आग्रह गर्नु भयाे । उहाँले सरकारसंग मल उत्पादन गर्ने कारखाना नभएकोले सधैं सरकारकाे मुख नताक्न किसानहरुलाई आग्रह गर्नुभयाे । त्यस्तै उखु किसानहरुकाे विषयमा सरकारले पनि चासाे लिएको मन्त्री यादवले बताउनु भयाे । उहाँले चाँडै नै उखु उत्पादक किसानहरुकाे समस्या समाधानका लागि पहल गर्ने बताउनु भयाे ।
सर्लाहीका किसानहरुकाे समस्या समाधानमा केन्द्र सरकार लाचार बनेकाे प्रतिनिधि सभा सदस्य प्रमाेद कुमार साहले बताउनु भयाे । उहाँले जिल्लाका किसानहरुका लागि मलखाद् पनि नदिने किसानहरुले उत्पादन गरेका कृषिजन्य सामाग्रीकाे पनि उचित मूल्य नदिँदा किसानहरु मारमा परेका बताउनु भयाे ।
जिल्लाका किसानहरुले उत्पादन गरेकाे उखुकाे मूल्य अहिले सम्म पनि नपाएको गुनासाे गरेका कारण त्याे समस्या चाँडै समाधान गर्न पहल गरिदिन सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले बताउनु भयाे । उहाँले रासायनिक मलकाे अभावका कारण जिल्लाका किसानहरु सबैभन्दा धेरै मारमा परेका अवगत गराउनु भयाे ।