सर्लाहीमा विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ

188 Shares

विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार भएका छ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको छ।अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी कार्यालयहरुबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा लागूऔषध मुद्दाका दुई जना, धर्मसम्बन्धी कसुरमा अपमानजनक तथा अमानवीय व्यवहार गरेको मुद्दाका दुई जना,कुटपिट तथा अंगभंग मुद्दाका एक जना र अभद्र व्यवहार मुद्दाका एक जना रहेका छन्।
पक्राउ परेका छ जनाको हकमा अदालतले तोकेको कुल जरिवाना रकम रु एक लाख ९१ हजार तीन सय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।पक्राउ परेका सबैलाई सर्लाही जिल्ला अदालतमा दाखिला गरेको सर्लाही प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार