Close This

प्रचण्ड गर्मी र अनियमित विद्युत् कटौतीको मारमा जिल्लाबासी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२९ गते   ४१८ पटक हेरिएको

सर्लाहीमा विद्युत सेवा अनियमित अवरुद्ध हुँदा जिल्लाबासी हैरान भएका छन् । अत्याधिक गर्मी बढेपनि विद्युत सेवा अनियमित रुपमा अवरुद्ध हुँदा जिल्लाबासी हैरान भएका हुन ।
जिल्ला मै सव स्टेशन निर्माण भई सञ्चालनमा रहेको भएपनि छिनछिनमै बत्ती गइरहने समस्या जारी रहेको छ । गर्मीले आकूल–ब्याकूल भएका जिल्लाबासी छिनछिनमै बत्ती जाँदा समस्यामा परेका छन्् । गर्मीले छटपटिएको अवस्थामा विद्युत् अनियमित भइदिँदा थप कष्ट भइरहेको लालबन्दीका स्थानिय सुरेश बस्नेतले बताउनु भयो । 
बत्ती गइरहने समस्याले गर्मीमा पंखालगायत अन्य विद्युतीय उपकरण चलाउन नपाउँदा कोठामा बस्ने सक्ने अवस्था नरहेको अर्का स्थानिय सुसिल थापाले बताउनु भयो । गर्मीले आजित भएका सर्वसाधारण छिनछिनमै बत्ती गइदिँदा हैरान भएका छन् ।
गर्मीमा पंखा, फ्रिजलगायत विद्युतीय उपकरण धेरै नै चल्ने भएकाले लोड थेग्न नसकेर बत्ती गइरहने समस्या आएको नेपाल विद्युत् प्राधिकरण  वितरण केन्द्र लालबन्दीका प्रमुख संजिव कुमार साहले बताउनु भयो ।उहाँका अनुसार नवलपुर सवस्टेशनको पावर केवलमा बारम्बार खराबी आएकाले बत्ती नियमित गर्न नसकिएको हो । नवलपुर सवस्टेशनमा पछिल्ला दिनहरुमा केही प्राविधिक समस्या देखिएकाले मर्मतको काम जारी रहेको नेपाल विद्युत् प्राधिकरण  वितरण केन्द्र लालबन्दीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech