Close This

एमाले मधेश प्रदेशका उपाध्यक्ष पन्त सर्लाहीका २ क्षेत्रबाट सिफारिस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२१ गते   ३५५ पटक हेरिएको

नेकपा(एमाले) सर्लाहीले क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सर्लाही क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलाले सर्लाही क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेहरूमा एमाले मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवन्ती पन्त संविधानसभा सदस्य हरि उप्रेती,बद्री न्यौपाने,भोजराज दाहाल रहेका एमाले सर्लाहीका सचिव केदार खत्रीले जानकारी दिनुभययो । उहाँका नुसार प्रदेश सभा ‘क’ तर्फ केशव ढुंगाना,विदुर प्याकुरेल, गणेश प्रसाईं,राजकुमार उप्रेती,केदार खत्री,रमेश चौलागाईं,इन्द्र प्रसाद महतो,चुडामणि वाग्ले, रिता मैनाली,रेणुका पौडेलको  नाम सिफारिस भएको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ ‘ख’ तर्फ नवीन यादव,नवलकिशोर राय,रामलाल बस्नेत,मोहम्मद जोमेदको नाम सफिारिस भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech