सर्लाहीका उखु किसानलाई दशैँ मनाउन पाउने गरी अनुदान रकम

332 Shares

सर्लाहीका उखु उत्पादक किसानहरुले अनुदान वापतको रकम प्राप्त गरेका छन्।सर्लाहीका उखु उत्पादक किसानहरुको खातामा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले रकम जम्मा गरिदिएको छ।कोलेनिकाका अनुसार जिल्लाका उखु उत्पादक किसानहरुलाई वितरण गर्न रु २९ करोड ७१ लाख सात हजार आठ सय तीन अनुदान रकम निकासा भएर आएको हो ।
विभिन्न बैंकले घटस्थापनाअघि नै कोलेनिकाबाट चेक बुझेर लगेका थिए।बैकहरुले उखु उत्पादक किसानको खातामा रकम जम्मा गरि दिएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।चाडपर्वको मुखमा उखुको अनुदान रकम पाउँदा सर्लाहीका उखु उत्पादक किसानहरु खुसी भएका छन् ।गत वर्ष अपुरो रकम निकासा भएर आउँदा किसानले दुई पटकमा गरेर बल्लतल्ल अनुदान रकम प्राप्त गरेका थिए भने,यसु वर्ष दशैँको मुखैमा अनुदान रकम पाउँदा किसानहरु खुसी भएका छन् ।
महालक्ष्मी चिनी उद्योग बगदहमा उखु बिक्री गरेका २४ जना उखु किसानहरुको भने बैङ्क खाता प्राप्त हुन नसकेको र बैङ्क खाता आएपछि ति किसानहरुको अनुदान रकम पठाइने कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले जनाएको छ।गत वर्ष सरकारले उखु किसानलाई प्रतिक्विन्टल रु ७० का दरले अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।सर्लाहीमा रहेका तीन वटा चिनी मलिहरु मध्य हरिवन नगरपालिका ११ स्थित रहेको इन्दु शंकर चिनी उद्योग बाहेक अरु उद्योगहरुले किसानहरुलाई दिनुपर्ने रकम पनि पुरै नदिएका पाइएको छ । 

सम्बन्धित समाचार