Close This

प्रतिनिधी सभा सदस्य साहद्धारा वृद्ध सेवा आश्रमलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१५ गते   ५२७ पटक हेरिएको

सर्लाही लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पदम भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रमलाई खाद्यान्न सहयोग प्राप्त भएको छ ।  सर्लाही जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रमोद साहकोे तर्फबाट ४० जना वृद्ध आमा बुवालाई १ महिना पुग्ने गरी चामल ४०० के. जी.र दाल ४० के.जी. पदम भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रमलाई सहयोग प्राप्त भएको हो । 
 जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी मार्फत पदम भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रमलाई सहयोग गरिएको प्रतिनिधी सभा सदस्य साहले बताउनु भयो ।
कार्यक्रममा  जिल्ला समन्वय समिती सर्लाहीका सभापति मेथुर चौधरी,मलंगवा नगरपालिका नगर प्रमुख निरसल साह,जन्ता समाजवादी पार्टी नेपालको सचिव राजाराम पासवान,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोख्रेल, वृद्ध आश्रमका  संस्थापक अध्यक्ष बासुदेव शरण कोइराला समेतको उपस्तिथि थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech