Close This

पीडामा थप पीडित बन्दै बृद्धबृद्धा र एकल महिला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   ३९५ पटक हेरिएको

जिल्लाको हरिपूर्वा नगरपालिकाले फागुन मसान्त भित्र वितरण गर्नुपर्ने तेश्रो किस्ताको  समाजिक सुरक्षा भत्ता अहिले सम्म पनि वितरण गरेको छैन । ९ वटा वडा रहेको नगरपालिकाका ५ वटा वडाले मात्र अहिले सामाजिक सुरक्षा भक्ता वितरण गरेका हुन । 
नगरपालिकाको वडा नम्बर ६, ७, ८, र ९ ले समयमै समाजिक सुरक्षा भत्ता वितरण गरेको भएपनि बाँकी रहेका वडा नम्बर १,२,३,४, र ५ मा अहिले सम्म पनि सामाजिक सुरक्षा भक्ता वितरण हुन सकेको छैन । जसका कारण एकल महिला तथा बृद्ध–बृद्धाहरु समस्यामा परेका छन । लक डाउन जारी रहेको भन्दै बैँक तथा वित्तिय संस्थाहरु बन्द छन,समाजिक सुरक्षा भत्ता वितरण भएको छैन । लक डाउन भन्दा पहिला पनि वितरण भएन हरिपुर्वा नगरपालिका ४ का एक स्थानिय बृद्ध रामकैशाल महत्तोले गुनासो गर्नु भयो ।  
लक डाउनका कारण समस्यामा परेका नागरीकहरुलाई संघिय,प्रदेश तथा स्थानिय सरकारले गरिब तथा विपन्न बर्गाहरुका लागि विभिन्न राहत समाग्री उपलब्ध गराइरहेको भएपनि आफुहरुलाई वेवास्था गरेको एकल महिला तथा बृद्ध–बृद्धाको आरोप छ । त्यसैगरी लक डाउनका कारण बाहिर काम गर्न जान सकिएको छैन । घरमा नै बसेर खाँदा अलि अलि जम्मा भएको सकियो । नगरपालिकाले समाजिक सुरक्षा भत्ता देला र सहज हुन आश गरेको  वडा नम्बर ५ की एकल महिला अनिता रामले बताउनु भयो । ५ वटा छोरा छोरी भएकी अनिता घर परिवार चलाउन दैनिक ज्यालादारीमा काम गर्दै आएकी थिईन् ।  समाजिक सुरक्षा भत्ता पनि नपाउँदा पुरै परिवार नै बिच्चलीमा परेको उनको गुनासो छ ।
समाजिक सुरक्षा भत्ता वितरण हुन बाँकी रहेको वडामा चाँडै वितरण गर्ने हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम रायले बताउनुभयो । कोरोना संक्रमण रोकथामका लागि जारी लक डाउनका कारण समाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई भएको बताउँदै वडा नम्बर १, २ र ३ को भत्ताको रकम एनआईसी एशिया बैंकमा जम्मा भइसकेको र बैंक खुलेपछि वितरण गरिने नगरप्रमुख रायले बताउनुभयो । वडा नम्बर ४ र ५ को समाजिक सुरक्षाको भत्ता पनि चाडैँ बैंकमा जम्मा गरिने उहाँले बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech