Close This

अटो÷रिक्सा चालकहरूले मनपरी भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१५ गते   ४२५० पटक हेरिएको

 सर्लाहीका अटो÷रिक्सा चालकहरुले मनपरी भाडा असुल गर्ने गरेका छन्। पछिल्लो समय सम्बन्धित निकायले बेवास्ता गर्दा अटो÷रिक्सा चालकहरुले मनपरी भाडा असुल गर्ने गरेका यात्रुहरुले गुनासो गरेका छन्।
लालबन्दी नगरपालिकाभित्र नगरपालिकाले अटो÷रिक्साको न्यूनतम भाडादर समेत नतोके भएपनि पहिला पहिलाका दिनहरुमा अन्य सवारी साधनहरु सरह भाडा लिने गरेका भएपनि पछिल्लो समयमा कोरोना संक्रमण र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बाहनामा अटो÷रिक्सा चालकहरुले मनपरी भाडा असुल्ने गरेका यात्रु बिमला लामाले बताउनु भयो ।
“ ३÷४ किलो मिटरको समेत रु ५० देखि रु ७० सम्म भाडा लिने गरेको” उहाँले बताउनु भयो । यातायात व्यावसायी संघ÷संगठन र नगरपालिकाले प्रतिकिलोमिटरको हिसाबले भाडा नतोकिदिँदा चर्को भाडा तिर्नुपरेको उहाँको गुनासो छ । 
साथै, अटो÷रिक्सा  चालकहरुलाई यहाँसम्मको भाडा यति हो भनेर यात्रुहरुले भन्दा उल्टै गालि÷गलौज गर्ने गरेको अर्का यात्रु अस्मिता थापाले बताउनु भयो। अटो÷रिक्सा चालकहरुले भाडा जति माग्यो तेति तिर्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । नगरपालिका यस विषयमा बेखर रहेको यात्रुहरुको आरोप छ ।  अटो÷रिक्सा चालकहरुले अहिलेसम्म अटो÷रिक्सामा भाडादर सार्वजनिक रुपमा राखेका छैनन् । 
यता,ट्राफिक प्रहरी अटो÷रिक्सा चालकहरुको मन लाग्दी भाडा असुलेको गुनासो आफुहरु सम्म आइ नपुगेको र यात्रुहरुले आफुहरुलाई गुनासो गरेमा आवश्यक कार्बाही गर्ने अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख असई सुवोध कुमार साहले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech