अवैध रुपमा भारत जान लागेका १ एजेन्ट सहित ६ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

2.8k Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ स्थित नेपाल भारत सिमानाकाबाट अवैध रुपमा भारत जान लागेका ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ब्रम्हपुरी गाउँपालिका ४ स्थित नेपाल भारत सिमानाका त्रिभुवननगरबाट अवैध रुपमा भारत जान लागेका ५ जना महिला र १ जना पुरुषलाई सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोर्डर आउट पोष्ट(बिओपी) त्रिभुवननगरको टोलीले नियन्त्रणमा लिएको हो ।
सिमा सुरक्षामा खटेको सशस्त्र प्रहरी टोलीले शंका लागि सोधपुछ गर्दा रौतहटको चन्द्रपुर नगरपालिका ९ की ३६ वर्षिय वविता राई, रौतहटको चन्द्रपुर नगरपालिका ९ रौतहट की २३ वर्षिय अनिता कार्की,रौतहटको चन्द्रपुर नगरपालिका १ की २० वर्षिय सम्झना भुजेल, रौतहटको चन्द्रपुर नगरपालिका ९ की ४३ वर्षिय पवित्रा देवी भुजेल,सर्लाहीको  बागमती नगरपालिका ९ की ३२ वर्षिय सीता भुजेल र सर्लाहीको इश्वरपुर  नगरपालिका ४ का ३७ वर्षिय पदम बहादुर भुजेललाइ नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनिहरुलाई सर्लाहीको इश्वरपुर  नगरपालिका ४ का ३७ वर्षिय पदम बहादुर भुजेलले बेचबिखनका लागि भारत तर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका ६ जनालाई माईती नेपालका प्रतिनिधि अमित यादवको रोहबरमा प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार