Close This

लालबन्दीका ३ वडामा लायन्स क्लव लालबन्दीद्धारा कम्बल वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१४ गते   ४१४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न स्थानमा लायन्स क्लव लालबन्दीले न्यानो कपडा वितरण गरेको छ । लालबन्दी नगरपालिका १२,१६ र १७ का अति विपन्न गरीब तथा न्युन आय आर्जन भएका १ सय १९ परिवारलाई लायन्सले कम्बल वितरण गरेको छ । 
पछिल्लो समय तराईकाक्षेत्रहरुमा जाडो बढेको र जाडोबाट कष्टकर दैनिकी चलाउनु पर्ने अवस्थाका अति गरीब १ सय १९ परिवारलाई लायन्सले कम्बल वितरण गरेको लायन्स क्लव लालबन्दीका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनु भयो ।

लायन्सले लालबनद्यी नरगपालिका १२ का ५३ परिवार,वडा नम्बर १६ का ३० परिवार र वडा नम्बर १७ का ३६ परिवार गरि कुल १ सय १९ परिवारलाई कम्बल वितरण गरेको अध्यक्ष न्यौपानेले बताउनु भयो । कम्बल वितरण कार्यक्रममा लायन्स क्लव इन्टरनेस्नलका पिएमसिसि  भरत प्रसाद ढुंगेल, लायन्स क्लव अफ लालबन्दी सिटिका प्रेसिडेन्ट राजकुमार न्यौपाने,वडा नम्बर १२ का वडा अध्यक्ष दुर्गा बहादुर आले,१६ का अध्यक्ष गणेश थापा र वडा नम्बर १७ का अध्यक्ष नवराज अधिकारीका साथै पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठको समेत उपस्थिती रहेको लायन्स क्लव लालबन्दीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech