सर्लाहीको बागमती नगरपालिका १२ मा आँखा उपचार सेवा केन्द्र स्थापना हुने भएको छ ।बागमती नगरपालिका १२ स्थित कर्मैया स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा आँखा उपचार सेवा केन्द्र स्थापनाको तयारी पूरा भएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए ।

उनका अनुसार विगत आठ वर्ष देखि हरेक वर्ष करिब ३५ हजार जनाको आँखा जाँच तथा चार सय जनाको शल्यक्रिया र अहिलेसम्म २८ हजार भन्दा बढी नगरबासीहरुको आँखा जाँच र तीन हजार दुई सय भन्दा बढी सल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको बागमती नगरपालिकाले आफ्नै नगरपालिकामा आँखा स्वास्थ्य सेवाको नयाँ अध्याय सुरु हुन लागेको हो ।

बागमती नगरपालिका र तिलगंगा आँखा अस्पतालसँगको सहकार्य तथा कियोर ब्लाण्डनेस नामक संस्थाको सहयोगमा आँखा उपचार सेवा केन्द्रको तयारी पुरा भएको बागमती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रतित भण्डारीले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिका मै आँखा उपचार सेवा केन्द्र सञ्चालनमा आएपछि आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाधयतामा रहेका सर्लाहीबासीलाई सहजता प्रदान हुने छ ।