सिन्धुलीको तीनपाटन गाँउपालिकाले कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गरेको छ । कर्मचारीमा कोराना भाइरसको सङ्क्रमण देखिएपछि तीनपाटनले बिहीबार देखि कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गरेको हो ।
गाँउपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिका कार्यालय, ११ वटै वडा कार्यालय र मातहतका सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा बन्द गरिएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो । गाँउपालिकाको कार्यपालिका बैठकबाट निर्णय गराइ अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको र दशैँअघि कार्यालय नखुल्ने उहाँले बताउनु भएको छ ।
यसअघि कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सिन्धुलीको दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाँउपालिका र गोलन्जोर गाँउपालिकाले पनि अत्यावश्यक बाहेक सबै सेवा दशैँसम्मका लागि बन्द गरेका छन । ७ गाउँपालिका र २ नगरपालिका सहित ९ स्थानिय निकाय रहेको सिन्धुलीमा अब ४ वटा स्थानिय निकाय मात्र सेवामा रहेका छन । बाँकी अहिले बन्द अवस्थामा रहेको अरु ५ वटा स्थानिय निकायहरुले दशैँ पछिबाट सेवा प्रवाह गर्ने बताएका छन । उर्मिला भट्टराई,बुद्धि बहादुर लामा,सोम प्रसाद न्यौपाने,