Close This

घ्याङ्लेख गाउँपालिकाको न्यायिक समितिद्धारा १५ वटा विवाद निरुपण,४ वटाको लगत कट्टी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-८ गते   १८८ पटक हेरिएको

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाको न्यायिक समितिले १५ वटा विवाद निरुपण गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा न्यायिक समितिमा परेका जम्मा १९ वटा विवाद मध्य १५ वटा विवादको समाधान भएको न्यायिक समितिका संयोजक तथा गाउँपालिकाकी उपा अध्यक्ष दुर्गादेवि सुनुवारले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो । बाकी रहेका ४ वटा विवाद लगत कट्टा गरिएको संयोजक सुनुवारले बताउनुभयो । 
न्यायिक समितिमा गाली बेईजती, कुटपिट, जग्गाको खिचलो, लेनदेन, सार्वजनिक बाटो,पानी कुवा लगायत ज्याला नदिएका सम्बन्धी विवादहरुका उजुरी  परेका छन् । दर्ता भएका मुद्धा मध्य ४ वटा मुद्धामा कुनै छलफल नभएको र आफुहरुले गाउँघरमा नै मिलेको जानकारी पाएपछि लगत कट्टा गरिएको संयोजक सुनुवारले बताउनुभयो । 
गाउँपालिकाको न्यायिक समितिमा लेनदेनमा ५ वटा उजुरी परेकोमा ४ वटा मेलमिलापको माध्यमबाट समाधान गरिएको छ भने १ वटा उजुरी लगत कट्टा गरिएको छ । यस्तै गालि बेईजती सम्बन्धी ५ वटा उजुरी परेकोमा ४ वटा मेलमिलापको माध्यमबाट समाधान गरिएको र १ वटा लगत कट्टा गरिएको गाउँपालिकाको न्यायिक समितिले जनाएको छ। 
यस्तै जग्गा खिचलो सम्बन्धी १ वटा उजुरी परेको थियो भने ज्याला मजदुरी नदिएको सम्बन्धि १, कुटपिट सम्बन्धि २, छलफल गरि पाउँ भन्नेबारे १ वटा उजुरी परेकामा सबै न्यायिक समिति मार्फत समाधान गरिएको छ । सार्वजनिक बाटो, पानी, कुवा सम्बन्धी १ वटा उजुरी परेकोमा वादी नै उपस्थित नभएकाले उक्त विवादको लगत कट्टा गरिएको संयोजक सुनुवारले जानकारी दिनुभयो ।
समाजमा भएका सवै खालका विवाद न्यायिक समितिले समाधान गर्ने प्रयास गरेको दर्ता भए सम्मका सबै विवाद समाधान गरिएको उहाँले बताउनुभयो । साथै उहाँले गाउँपालिका भित्र कुनै पनि विवाद भए न्यायिक समितिमा आउन आग्रह समेत गर्नुभएको छ । पुष्पा सुनुवार सिन्धुली
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech