लालबन्दी १ बाट ५ किलो गाँजा सहित एकजना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२२ गते   ६०७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ पलार टोल स्थित भित्रि सडक खण्डबाट प्रहरीले  प्रतिवन्धीत लागु औषध गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका १ पलार टोल स्थित भित्रि सडक खण्डमा गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय नवलपुरको प्रहरी टोलीले उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको पिवी ६७ वी २४१६ नम्बरको भारतिय मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको करिब ५ किलो प्रतिवन्धीत लागु औषध गाँजा बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहलिे जनाएको छ ।
प्रहरीका अनुसार पिवी ६७ वी २४१६ नम्बरको भारतिय मोटरसाईकलको सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको करिब ५ किलो प्रतिवन्धीत लागु औषध गाँजा सहित पर्सा गाउँपालिका ५ का अन्दाजी वर्ष २० का जयराम यादवलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका यादव सहित करिब ५ किलो प्रतिवन्धीत लागु औषध गाँजा र भारतिय मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech