Close This

लालबन्दी ७ मा निर्माण भएको व्यावसायिक भवन उद्ध्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१८ गते   २१२५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा निर्माण भएको व्यावसायीक भवनको उद्धघाटन गरिएको छ । नगर विकास कोषको ऋण लगानीमा लालबन्दी नगरपालिकाले ठेक्का लगाएर निर्माण भएको भवनको उद्धघाटन गरिएको हो ।

किराँतेश्वर÷माण्टपुमरी(जेभी)ले रु १० करोडको लागतमा आ.व ०७५÷०७६ बाट निर्माण सुरु गरेको व्यावसायीक भवनको अन्डरग्रउण्ड सहित ६ तला र ५३ कोठा रहेको निर्माण कम्पनीका प्रतिनिधि पारस दाहालले बताउनु भयो ।

नगर विकास कोषले लालबन्दी नगरपालिकालाई देशभरका नगरपालिकाहरु मध्य उत्कृष्ट भएको भन्दै नगद रु १ लाख सहित सम्मान समेत गरेको थियो । नगर विकास कोषले लगानी गरेका कामहरुमा नगरले उत्कृष्ट काम गरेको भन्दै नगर विकास कोषले सम्मान गरेको र यो भवन निर्माणको लागि ऋण लगानी गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार नगर विकास कोषले लगानी गरेका काममा उत्कृष्ट भएका नगरपालिकाहरुलाई नगर विकास कोषले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।

नव निर्मित भवन नगरपालिकाले ठेक्का मार्फत व्यावसाय गर्न दिने र त्यसबाट बार्षिक करिब रु २ करोड नगरपालिकाको आम्दानी हुने नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो । नगर प्रमुख खड्का,उप प्रमुख लामा,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब तिमल्सेना र निर्माण कम्पनीका प्रतिनिधि दाहालको उपस्थितीमा नव निर्मित भवनकोउद्ध्घाटन गरिएको हो ।

 लालबन्दी बजारमा अहिले सम्म कुनै पनि व्यावसायीक ठुला भवन नरहेका र नगर विकास कोषले सहयोग गरेर निर्माण भएको भवनमा धेरै प्रकारका व्यापा। व्यावसाय गर्न सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिमल्सेनाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech