अप्रपो घुर्काैलीका असई भट्टराईको असुली धन्दा चर्कियो,आवश्यक अनुसन्धान सुरु भएको प्रहरी प्रमुख पोखरेलको भनाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१३ गते   ११५९ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ६ स्थित घुर्कौलीमा रहेको अस्थायी प्रहरी पोष्टका प्रमुख असईको असुली धन्दा चर्कीएको छ । हरिवन नगरपालिका ६ घुर्कौलीमा रहेको अस्थायी प्रहरी पोष्टका प्रमुख असई यज्ञ बहादुर भट्टराइको असुली धन्दा चर्कीएको हो ।
असई भट्टराईले दशैँ,तिहार र छठको नाममा घुर्काैलीबाट हरिवन बजारमा आएका हरिवन बजारका मोवाईल पसल तथा अन्य पसलहरुका साथै विभिन्न व्यापारी व्यावसायीहरुसंग दशै खर्च भन्दै धम्क्याएर रकम असुलेका स्थानिय व्यापारीहरुले गुनासो गरेका छन् ।
असई भट्टराईले हरिवनका पसलहरु,व्यापारी व्यावसायीहरुसंग धम्क्याएर  रकम असुलेको कुरा आफुलाई पनि आएको र सवुत खोज्ने काम भई रहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्रकारले बताए । आफु एक मोवाईल पसलमा मोवाईल बनाउँन जाँदा असई भट्टराईले धम्क्याएर दशैँ खर्च भन्दै रकम मागेका ती व्यापारीले पनि गुनासो गरेका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक ताम्रकारले बताए ।
ती व्यापारीले आफुलाई गरेको गुनासो जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेललाई पनि जानकारी गराएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक ताम्रकारले बताए ।
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले असई भट्टराईको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको बताए । असई भट्टराईको विषयमा केही व्यापारीहरु र ईलाका प्रहरी कार्यालय हरिवनबाट पनि कुरा आएको र उनको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनि ईलाका प्रहरी कार्यालय हरिवनमा रहँदा पनि बजारका व्यापारीहरुका साथै स्थानियलाई निकै दुःख दिने गरेका स्थानिय व्यापारीहरुले गुनासो गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech