निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने बागमतीका मुख्यमन्त्री बाँनियाको भनाई

176 Shares

प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योग,व्यापार तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बाँनियाले प्रतिबद्धता जनाए।सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्न सिन्धुली आएका मुख्यमन्त्री बाँनियाले नीजि क्षेत्रको समृद्धि विना देशको समृद्धि सम्भव नभएको समेत बताए ।
संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षता तथा संघका पदाधिकारीहरुका साथै सदस्यहरु र स्थानीय व्यापारी व्यवसायीहरुको विशेष उपस्थितिमा भएको साधारण सभाले आन्तरिक संगठन सुदृढीकरण,सदस्य अभिवृद्धि,स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनका साथै व्यवसायमैत्री नीति निर्माणका लागि प्रदेश तथा संघीय तहमा निरन्तर पहल गर्ने निर्णय समेत गरेको संघका अध्यक्ष श्रेष्ठले बताए।उनका अनुसार संघको गत वर्षको गतिविधि,आर्थिक प्रतिवेदन,आगामी योजनाहरू र उद्योग व्यवसाय प्रवद्र्धनका विषयमा विस्तृत छलफल समेत भएको छ ।

सम्बन्धित समाचार