नेकपा(माओवादी केन्द्र)को भातृ विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सर्लाहीको १८ औं जिल्ला सम्मेलनबाट सविउल शेषको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटि चयन गरिएको छ ।माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेको नेतृत्वमा गठन भएको निर्वाचन समितिले २६ दिनको लगातार प्रयास पछि मंगलबार अखिल(क्रान्तिकारी) सर्लाहीको १८ औं जिल्ला सम्मेलनबाट शेषको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो ।
विगत लामो समय देखि कमिटि विहिन रहेको सर्लाहीको १८ औं जिल्ला सम्मेलनबाट शेषको अध्यक्षतामा चयन भएको २७ सदस्यीय जिल्ला कमिटि र छ जना पछि थप्ने गरी ३३ सदस्यीय जिल्ला कमिटि अखिल(क्रान्तिकारी)केन्द्रिय कार्यलयमा सिफारिस गरि त्यहाँबाट अनुमोदन भएर आएपछि आधिकारीक नयाँ कमिटि घोषणा गरिएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज एवम अखिल(क्रान्तिकारी) सर्लाहीको १८ औं जिल्ला सम्मेलन निर्वाचन समितिका संयोजक काफ्लेले जानकारी दिए ।उनका अनुसार अखिल(क्रान्तिकारी) सर्लाहीको १८ औं जिल्ला सम्मेलनबाट शेषको अध्यक्षतामा हाल २७ सदस्यीय कमिटि घोषणा गरिएको र छ सदस्य पछि थप्ने गरी ३३ सदस्यीय कमिटि घोषणा गरिएको हो ।
अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको संघारमा राष्ट्रिय सम्मेलनको तयारी स्वरुप अहिले शसक्त रुपमा संगठन विस्तार र सम्मेलनमा लागेको अखिल(क्रान्तिकारी)सर्लाहीले जिल्ला सम्मेलन एवम् संगठन विस्तार अनुसार गत भदौ १२ गते सर्लाहीमा जिल्ला सम्मेलन उद्धघाटन गरेको भएपनि सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने सहमति भएको थियो।सोही अनुसार निर्वाचन समिति बनेको २६ दिनमा सहमतीमा शेषको अध्यक्षतामा मंगलबार २७ जना र पछि छ सदस्य थप गर्दै ३३ जना सदस्य बनाउने गरी कमिटि घोषणा गर्दै १८ औँ जिल्ला सम्मेलन सम्पन्न भएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज एवम अखिल(क्रान्तिकारी)सर्लाहीको १८ औं जिल्ला सम्मेलन निर्वाचन समितिका संयोजक काफ्लेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैठक बोलाउँदा वैठकमा समेत सामेल नहुने र संगठनलाई अनिर्णयको बन्दी बनाउँदै राख्ने कुचेष्टा देखिएकाले संगठनलाई यसरी अनिर्णयको बन्दीमा राख्न नहुने हुँदा माओवादी केन्द्रका नेताहरु र अखिल(क्रान्तिकारी)का विद्यार्थी नेताहरुसँग वृहत छलफल गरी केन्द्रीय कार्यालयले निर्देशन गरे अनुरुप निकास दिन ढिला गर्न नहुने निचोडमा पुग्दै बहुमत विद्यार्थीहरुको प्रस्ताव अनुरुप वैठक बसेर शेषको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिति गठन गरी संगठनको कन्द्रिय कार्यालयलाई अनुमोदनका लागि सिफरिस गरिएको र सोही अनुसार अनुमोदन भएर आएपछि कमिटि घोषणा गरिएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज एवम अखिल(क्रान्तिकारी)सर्लाहीको १८ औं जिल्ला सम्मेलन निर्वाचन समितिका संयोजक काफ्लेले बताए ।
अखिल(क्रान्तिकारी)३३ सदस्यीय सर्लाही जिल्ला कमिटिको उपाध्यक्षमा प्रकाश पासवान र अर्काे एकजना पछि थप गर्ने,सचिवमा शंकर मैनाली(उज्वल),सह सचिवमा प्रकृती बराल र श्रीकृष्ण सुवेदीका साथै कोषाध्यक्षमा प्रमोद सहनी चयन गरिएको छ ।त्यसैगरी सदस्यहरुमा अस्तुती कायस्त,सन्ध्या पौडेल,चन्दन कुमार महरा,विश्वजीत यादव, सुस्मिता कापर(अस्मिता),अवदेश यादव, सन्तोष कुमार राय,सनम यादव, सरोज यादव,सन्तोष यादव,रन्जु कुमारी महतो,अनिल कुमार,आदित्य कापर,सुशिल कुमार यादव,शेष इष्तिखार,निभा यादव,विकास यादव, मनिता कुमारी रिजाल,अंशु थापा र चन्द्र स्याङ्तान रहेको अखिल(क्रान्तिकारी)सर्लाही जिल्ला कमिटि घोषणा गरिएको हो।जसमा छ सदस्य पछि थप्ने निर्णय भएको छ ।
सर्लाहीमा माओवादी केन्द्र र यसका भातृ तथा शुभेच्छुक संगठनहरु सकाउने खेलमा लागेका हरिवन नगरपालिकाका नगर प्रमुख एवम माओवादी केन्द्र सर्लाहीका नेता रमेश बुढाथोकी(कमल)का कारण माओवादी केन्द्रको भातृ विद्यार्थी संगठन अखिल(क्रन्तिकारी)पनि लामो समय देखि अनिर्णयको बन्दी बनेको थियो।तर अखिल(क्रन्तिकारी) को १८ औँ जिल्ला सम्मेलनबाट मंगलबार घोषणा भएको अखिल
(क्रन्तिकारी) सर्लाही जिल्ला कमिटिमा हरिवन नगरपालिकाका नगर प्रमुख एवम माओवादी केन्द्र सर्लाहीका नेता बुढाथोकीको पत्ता साफ भएको माओवादी केन्द्रका नेताहरुको भनाई छ ।हरिवन नगरपालिकाका नगर प्रमुख एवम माओवादी केन्द्र सर्लाहीका नेता बुढाथोकीको गैर राजनिति चरित्रका कारण माओवादी केन्द्र पार्टी हरिवनमा सकिने अवस्था पुगेको भन्दै माओवादी केन्द्रका नेताहरुले चिन्ता समेत व्यक्त गरेका छन्।मैले भनेकोे भए हुन्छ नभए हुन्न भन्ने हरिवन नगरपालिकाका नगर प्रमुख एवम माओवादी केन्द्र सर्लाहीका नेता बुढाथोकीको लिडे ढिप्पीका कारण जिल्लाका धेरै स्थानीय तहहरुका पार्टी कमिटिमा पनि समस्या सृजना भएको छ ।भने शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल सर्लाहीलाई पनि विवादित बनाउने उनै रहेको नेताहरुको आरोप रहेको छ ।