नेकपा(एमाले)हरिवन नगर कमिटिको तेस्रो अधिवेशनबाट अध्यक्षमा सीताराम पोखरेल सर्वसम्मत चयन भएका छन्।एमाले हरिवन नगर कमिटिको तेस्रो अधिवेशन शनिबार उद्घाटन भएको थियो।अधिवेशनको उद्धघाटन सत्रमा अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेपछि बन्द सत्रमा सहमती हुन नसकेपछि निर्वाचनको समय तोकिएको थियो।तर उम्मेदवारी फिर्ता लिने समयमा अन्य छ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पोखरेल तीन वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसहमत चयन भएका हुन ।
हरिवन नगरपालिका ९ का निवर्तमान वडाध्यक्ष समेत रहेका पोखरेलको अध्यक्षतामा नगर कमिटिको उपाध्यक्षमा राजेश मोक्तान,सचिवमा सन्दीप थापा,उप सचिवमा प्रमोद महतो र उप सचिव महिला तर्फ पविमाया पाख्रिन सर्वसम्मत चयन भएका निर्वाचन मण्डलका संयोजक केशब प्रसाद ढकालले जानकारी दिए।उनका अनुसार ७५ सदस्यीय नगर कमिटि घोषणा भएको हो ।