शंखर पहाडी(गौरब)
सर्लाहीको बसबरिया गाउँपालिका ३ स्थित जनता माध्यमिक विद्यालय भवानीपुरमा आईतबार भएको आँखा शिविरमा चार सय तीन जनाले लाभ लिएका छन् । बसबरिया गाउँपालिका ३ स्थित जनता माध्यमिक विद्यालय भवानीपुरमा आईतबार महिला दुई सय आठ जना र एक सय ९५ जना पुरुष को परिक्षण गरीएको हो ।
जसमध्य एक सय १० जनामा मोतीबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ । हाल सम्म जिल्लाका विभिन्न पाँच स्थानमा भएको आँखा शिविरमा दुई हजार तीन सय ३१ जना विरामीको आँखा परिक्षण गरीसएिकोे र तीन सय ५६ जनामा मोतीबिन्दुको समस्या देखा परेका आयोजक बागमती नगरपालिकाले जनाएको छ ।
उनीहरुको फागुन २६ गते देखि २९ गते सम्म तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञबाट निः शुल्क सल्याक्रिया गरीने छ साथै फागुन २४ गते हरिवन नगरपालिका १ स्थित आधारभूत विद्यालय पटौनामा आँखा परिक्षण गरिने आयोजकले जनाएको छ । निःशुल्क आँखा शिविरमा जिल्लाका विभिन्न स्थानहरुमा भएका शिविरहरुमा फेला परेका मोतिबिन्दुका समस्या देखिएका करिब पाँच सय बिरामीको आयोजक बागमती नगरपालिका आफैँले सल्याक्रिया गरिदिने भएको छ ।
बागमती नगरपालिकाको आयोजनामा जिल्लाका विभिन्न स्थानीय तहमा भएको निःशुल्कआँखा शिविरमा फेला परेका मोतिबिन्दुका बिरामीहरुको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापा आफैँले निःशुल्क सल्याक्रिया गरिदिने बागमती नगरपालिकाको शिक्षा शाखाका ओमबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकाको आयोजना रतिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा बागमती नगरपालिका,बसबरिया गाउँपालिका र हरिवन नगरपालिकाको विभिन्न वडाहरुमा निःशुल्क आँखा शिविर सञ्चालन भई रहेको छ । भने रंङ्गहरुको पर्व होलीलाई लक्षित गरि फागुन २२ र २३ गते शिविर स्थगित भएपनि फागुन२४ गते हरिवन नगरपालिका १ स्थित आधारभूत विद्यालय पटौनामा आँखा परिक्षण गरिने आयोजकले जनाएको छ ।