“१५१ औं विश्व हुलाक दिवस”जिल्ला हुलाक कार्यालय सिन्धुलीले विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।हरेक वर्ष अक्टोबर ९ मा मनाईने विश्व हुलाक दिवश अन्र्तगत यस वर्ष कार्यालय परिसर र बाटिका क्षेत्रमा सरसफाईका साथै बिहीबार पहिलो सेवा लिन आउने पहिलो महिला र पहिलो पुरुष सेवाग्राहीलाई बलपेन डायरीले सम्मान समेत गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार दिवशको अवसरमा आर्थिक वर्ष २०८१÷०८२ र चालु आर्थिक वर्ष २०८२÷०८३ मा कार्यालयबाट सरुवा,बढुवा तथा अनिवार्य अवकास भएका कर्मचारीहरुलाई उनीहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र वितरण गर्ने साथै पिट्स सञ्चालन नभएका जिल्लाका पालिका हुलाक कार्यालयहरु आवश्यक सामाग्री तथा उपकरणको व्यावस्था गर्ने निर्णय पनि गरिएको छ ।
पत्र वितरण कार्यलाई सहज,छिटो र छरितो बनाउनलाई साईकलको माग भएका पालिका हुलाक कार्यालयहरु दुधौली,मरिण,कपिलाकोट र हरिहरपुरगढीलाई साईकल समेत वितरण गर्ने निर्णय भएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए ।उनका अनुसार पुरुष र महिला साईकल एक÷एक वटा वितरण गर्ने समेत निर्णय भएको छ ।
विश्वका विभिन्न राष्ट्रमा “स्थानीय सेवा,विश्वव्यापी पहुँच”नाराका साथ बिहीवार विश्व हुलाक दिवस मनाइँएको हो।सन् १८७४ मा स्विट्जरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक संघको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाउने गरिएको हुलाक सेवा विभागले जनाएको छ ।
विभागका अनुसार सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको थियो।त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन्।यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन्।
हुलाकका माध्यमबाट शहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा शहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर्याएको विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।