धार्मिक,जातीय तथा सामाजिक सद्भाव कायम राख्न भन्दै सर्लाहीको लालबन्दी र हरिवनमा सद्भाव र्याली निकालिएको छ।सुनसरी घटनापछि उत्पन्न असहज परिस्थिति थप फैलिन नपायोस भनेर आपसी सम्मान,सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले लालबन्दी र हरिवनमा स्थानीय पालिका र उद्योग वाणिज्य संघको आयोजनामा सद्भाव र्याली निकालिएको हो ।

“आपसी सम्मान,सहिष्णुता र भाईचाराको सन्देश फैलाऔँ,समाजमा शान्ति मेलमिलाप र एकताको वातावरण निर्माण गरौँ,हिँसा द्धेष र विभाजन होइन–संवाद सहकार्य र सद्भाव हाम्रो पहिचान हो”भन्ने नारा सहित निकालिएको सद्भाव र्यालीमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेल र स्थानीय हिन्दु मुस्लिम दुवै समुदायका मानिहरुका साथै स्थानीय राजनीतिक दलको सहभागिता रहेको थियो ।

२०६२÷०६३ मा मधेशको ताकापनि सद्भावपुर्ण वातावरण कायम राखेको सर्लाहीको लालबन्दी,हरिवन र बागमतीमा कुनै किसिमको द्वन्द्व नरहेको र नरहने र्यालीमा सहभागीहरुले बताएका छन् ।