इ.प्र.का.गौसलाका प्रमुख प्र.नि यादव र सई जयसवालको विचौलिया राखेर चर्को असुली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-७-१९ गते   ७६ पटक हेरिएको

महोतरीको इलाका प्रहरी कार्यालय गौसलाका प्रहरी प्रमुख प्रहरी निरिक्षक मनोज कुमार यादवले स्थानीय नागरिकलाई विचौलिया राखेर कमिसन असुल्ने गरेका पाइएको छ ।करिब १० महिना पहिला इलाका प्रहरी कार्यालय गौसला प्रमुख भएर गएका प्रहरी निरिक्षक यादवले स्थानीय विजय यादव नामका एकजनालाई विचौलियाको रुपमा प्रयोग गर्ने गरेका र उनीबाट कमिसन असुल्ने गरेका पाइएको हो ।
ईलाका प्रहरी कार्यालय गौसलामा हुने गरेका सबै प्रकारका छलफलहरुबाट कमिसन असुल्ने काममा प्रहरी निरिक्षक यादवले उनै स्थानीय विजयलाई प्रयोग गर्ने गरेका प्रहरी स्रोतको दाबी छ ।घुमुवा हटाएर आफुलाई स्वच्छ देखाउन खोजेका प्रहरी निरिक्षक यादवले स्थानीयलाई प्रयोग गरेर ईलाका प्रहरी कार्यालय गौसलामा हुने सबै प्रकारका छलफलहरुबाट चर्को कमिसन असुल्ने गरेका प्रहरी अधिकारीहरुले नै बताएका छन् ।
यता,ईलाका प्रहरी कार्यालय गौसलाका सई दिपेन्द्र प्रसाद जयसवालले ईलाका प्रहरी कार्यालय गौसला क्षेत्र भित्र हुने गरेका दुर्घटनाहरुबाट कमिसन असुल्ने गरेका पाइएको छ ।सई जयसवालले दुर्घटना भएर ईलाका प्रहरी कार्यालय गौसलामा मिलापत्र तथा छलफलका लागि आउने स्थानीयहरुसंग प्रति दुर्घटना १० हजार सम्म असुल्ने गरेका प्रहरी स्रोतको दाबी छ ।उनले पनि असुलेको रकम प्रहरी निरिक्षक यादव सम्म पुग्ने गरेको पाइएको छ ।
त्यसैगरी,स्थानीय गौसला नगरपालिकाका नगर प्रमुख र नगर उप प्रमुख विचको राजनैतिक विवादमा आग्रह पुर्वाग्रह राखेर काम गरेका भन्दै निकै विवादमा आएका प्रहरी निरिक्षक यादवलाई जोगाउन ठुलो राजनैतिक शक्ति लागेको थियो ।त्यस वखत जोगिएका प्रहरी निरिक्षक यादवले आफ्नो धन्दा झन चर्काएका पाइएको छ भने यीनै समाचार जन्य विषयमा बुझ्न प्रहरी निरिक्षक यादवलाई पटक पटक फोन गर्दा फोन उठाएनन् भने कमलामाई मिडिया प्रा।लिलाई विभिन्न राजनैतिक शक्तिहरुबाट समाचार प्रकाशन नगरिदिन भन्दै दवाव समेत सृजना गरेका छन् ।उनलाई सोधिएको प्रश्नको जवाफ दिनुको सट्टा राजनैतिक दवाव सृजना गर्नुले उनले ठुलै रकम असुल्ने गरेको र बाहिर जाँदा समस्या सृजना हुने प्रष्ट बुझिन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech