सर्लाहीका अधिकांश परीक्षा केन्द्रहरुमा अनियमितता भएको पाइएको छ।कक्षा १२ को परीक्षा सञ्चालन भई रहेका जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा आर्थिक चलखेल गरी अनियमितता भएको पाइएको सरोकारवाला कै भनाई छ।त्यसमा पनि हरिवनको सगुन शिक्षा आवाशिय विद्यालय सहितको परीक्षा केन्द्र परेको लालबन्दी २ जुटपानी स्थित रहेको नव जीवन विद्याश्रम मा.वि.ले आर्थिक चलखेल गरी सिसि क्यामेरा नै विगारेर खुलेआम रुपमा मापदण्ड विपरित परीक्षा सञ्चालन गरेको पाइएको छ ।
सो विद्यालयमा सामुदायिक र संस्थागत विद्यालयहरुबाट परीक्षार्थीहरु सहभागी भएका भएपनि सगुन सगुन शिक्षा आवाशिय विद्यालयका विद्यार्थीहरु लाई मात्रै एकातर्फ राखेर विद्यालय मा रहेका सिसि क्यामेराहरु अन्यन्त्र फर्काएर तथा विगारेर विद्यालयका प्रधानाध्यापक भोला बहादुर अधिकारी सहितको मिलेमतोमा अर्मयादितरुपमा परीक्षा सञ्चालन गरेको पाइएको हो ।
विद्यालय स्रोतका अनुसार जिल्ला स्तरिय परीक्षा सञ्चालन समितिका संयोजक एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले परीक्षा सञ्चालन भएको पहिलो दिन नै परीक्षा चलि रहेको स्थानबाट पाँच÷छ वटा मोवाईल नियन्त्रणमा लिएर फोरेर जलाएर फर्किएका थिए ।तर पनि विद्यालयले आफ्नो गतिविधि सुधार नगरेको पाइएको हो।लालबन्दी २ जुटपानी स्थित रहेको नव जीवन विद्याश्रम मा.वि.को परीक्षा केन्द्र नै आर्थिकमा परेको भन्ने विषय आएको वास्तविकता के हो भन्दै कमलामाई मिडिया प्रा.लिले जिज्ञासा राखेपछि विद्यालयका प्रधानाध्यापक अधिकारीले लालबन्दी नगरपालिका का नगर प्रमुख बासुदेव अधिकारीलाई फोन गरी यस्तो विषय बाहिर ल्याउने पत्रकारलाई पक्राउ गर्नु पर्ने बताएका स्रोतले दाबी गरेको छ ।जिल्लाका धेरै परीक्षा केन्द्रहरुमा संस्थागत विद्यालयहरुले परीक्षा केन्द्र नै खरिद गरेर आफ्ना विद्यार्थीहरुलाई एउटा कोठामा राखेर परीक्षा सुरु हुन पहिलै प्रश्न पत्र बाहिर पठाउने र चिठ चोराउने काम गर्ने गरेका र सो गतिविधि लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको नव जीवन विद्याश्रम मा.वि.मा भएको पाइएको हो।
सो सम्बन्धमा शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीलाई जानकारी गराउँदा सो सम्बन्धमा के भएको हो।बुझ्ने काम हुन्छ भन्ने जवाफ आएको छ।यता,जिल्ला स्तरिय परीक्षा सञ्चालन समितिका संयोजक एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई सो सम्बन्धमा बुझ्न फोन गर्दा उनको फोन उठेन ।
कस्तो छ प्रधानाध्यापक अधिकारीको गतिविधि ?
२०८१ मंसिर २४ विद्यालयका सूचना अधिकारी र २०८१ पुस ९ गते विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गरी नेपालको सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३,७,९ र १० का साथै नेपालको संविधान २०७२ को धारा २७ बमोजिम एक स्थानीयले आवश्यक सूचना उपलब्ध गराई पाउँ भनि लालबन्दी २ जुटपानी स्थित रहेको नव जीवन विद्याश्रम मा.वि.मा निवेदन दिएका थिए ।
विद्यालयको छात्रावासमा खुवाईने खानाको विवरण,छात्राबासमा बस्ने विद्यार्थीहरुको विवरण र व्यवस्थापनको वर्तमान अवस्था, विद्यालयमा कार्यरत शिक्षक/ शिक्षिकाहरुले खाईपाई आएको तलब भक्ता र उनीहरुको कामको विवरण,विद्यालयले विद्यार्थीहरुबाट कुन/कुन शिर्षकमा प्रति विद्यार्थी वार्षिक कति शुल्क लिने र सो वापत कुल रकम कति हुन आउने साथै सोको खर्च विवरण, शिक्षक/ शिक्षिका तथा कर्मचारी विवरण र विद्यार्थी संख्या विवरण, कुन/ कुन शिक्षकले साप्ताहीक रुपमा के ? कति ?घण्टी गर्नु हुन्छ सोको विवरण,विद्यालयको परीक्षा समितिले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरुबाट उठाएको कुल रकम र खर्च विवरण,विगत ३ वर्षमा संघीय तथा प्रदेश र स्थानीय तहहरुबाट आएको बजेट र खर्च विवरण,शिक्षक/शिक्षिका र प्रधानाध्यापकले खाई पाई आएको भक्ता वितरणमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरे/नगरेको सो को प्रतिलिपि, विद्यालयको स्वामीत्वमा रहेको नवलपुरको गोरु बजार र गुद्री बजारको ठेक्काबाट उठेको विगत तीन आर्थिक वर्षको रकम र सोको खर्च विवरणका साथै विद्यालयको स्वमीत्वकमा रहेको जमिनमा लगाईएको सिसौ कटान गरी लगाएको ठेक्का प्रक्रिया र सो वापत प्रापत भएको रकम र खर्च विवरण २०८१ मंसिर २४ विद्यालयका सूचना अधिकारी र २०८१ पुस ९ गते विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गरी मागगरिएकोमा विद्यालयले हाल सम्मपनि सूचकलाई उक्त विवरण उपलब्ध नगराएको पाइएको छ ।
यसबाट पनि विद्यालयका गतिविधिहरुका साथै प्रधानाध्यापक अधिकारीको चरित्र प्रष्ट हुने भएपनि उनी आफ्ना गल्ती लुकाउन जुनसुकै कसम खानपनि तयार रहने गरेका छन्।जसबाट पनि विद्यालयको आर्थिक तथा प्रशासनिक गतिविधि शंकास्पद रहेको स्थानीयको आशंका छ।तर आफ्ना कमिकमजोरी लुकाउन प्रधानाध्यापक अधिकारी फेरी अन्य बाटोबाट सक्रिय रहेकापाइएको छ । लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने उक्त विद्यालय साना गुठी अन्र्तगत सञ्चालित विद्यालय हो ।