सर्लाहीको लालबन्दी नगरपालिका १ बाट नवलपुर तर्फ गईरहेको भन्सार छलीका सामान सहित अटो रिक्सा शसस्त्र प्रहरी वेशक्याम्प हरिवनले नियन्त्रणमा लिएको छ ।
गस्तीमा रहेको शसस्त्र प्रहरी हरिवन वेश क्याम्पको टोलीले लालबन्दीबाट हरिवन तर्फ गई रहेको प्रदेश नं. २ ०२ ००१ ह ००५३ नम्बरको अटो रिक्साईलाई शंका लागि चेकजाँच गर्दा उक्त अटोरिक्सामा भन्सार छलीका सामानहरु चिनी,लसुन,खेशरीको दाल,जिरा र पानीपुरी सहित अटो रिक्सा नियन्त्रणमा लिएको शसस्त्र प्रहरी वेश क्याम्प हरिवनका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक जगन्ननाथ खड्काले जानकारी दिनु भयो ।
उहाँका अनुसार चिनी ४ बोरा,लसुन ४० किलो,खेशरीको दाल ४० किलो,जिरा २ बोरा र पानीपुरी २० किलो गरी करिब रु ४२ हजार २ सयको भन्सार छलीका सामान बरामद् गरेको शसस्त्र प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो ।
निषेआज्ञाको समयमा पनि कहाबाट भन्सार छलीका सामानहरु भित्रन्छन भन्नेमा आफुहरुलाई आश्चर्य लागेको उहाँले बताउनु भयो । छिमेकी देश भारतसंग सिमाना जोडिएको जिल्लाको ५१ किलो मिटर पुरै खुल्ला सिमाना रहेका कारण पनि सुरक्षाकर्मीहरुले तादरुकताका साथ आफ्नो जिम्मेवारी बहनगरि रहेपनि चोर बाटोको प्रयोग गरेर भन्सार छलीका सामानहरु भित्रि रहेका पाइएको छ ।