चन्द्रनगरमा जमिनको विषयमा राजनीतिक आग्रह पुर्वाग्रह

205 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चन्द्रनगर गाउँपालिका ६ कामदका स्थानीय लोकेन्द्र मुखियालाई अतिक्रमित सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न लिखित निर्देशन जारी गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग,बर्दिबास महोत्तरीबाट प्राप्त आदेश अनुसार साविक चन्द्रनगर गाविस ८ को किता नं.१४०, चन्द्रनगर ३ क किता नं.९२ र साविक बबरगंज गाविस ४ ग किता नं.४५ मा पर्ने सरकारी सार्वजनिक जग्गा मुखियाले पोखरी खनेर,डिल बनाइ,माछापालन गरी घर टहरा निर्माण गर्दै व्यक्तिगत रूपमा प्रयोग गर्दै आएको प्रमाणित भएको गाउँपालिकाले जनाएको छ।अख्तियार ऐन,२०४८ को दफा २८ बमोजिम अतिक्रमण हटाउन आयोगले निर्देशन दिएपछि गाउँपालिकाले यसअघि २०८२ भदौ ९ मा पहिलो पत्र पठाएर १५ दिनभित्र सबै संरचना हटाई जग्गा साविककै स्वरूपमा पुनःस्थापना गर्न सूचित गरेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।उनका अनुसार सो पत्र बुझाउन कार्यालय सहयोगी पुगेका बेला मुखियाले बुझ्न अस्वीकार गरेको र पुनःहुलाक मार्फत पत्र पठाइएके भएपनि मुखियाले पत्र लिन मानेनन्।यसपछि गाउँपालिका अध्यक्ष महतोले पुनः१५ दिनभित्र पोखरी, डिल, माछापालन, घर टहरा लगायत सबै संरचना हटाएर जग्गा खाली गर्न दोश्रो पत्र जारी गरेका गाउँपालिकाको कार्यालयले जनाएको छ।जारी सूचनामा गाउँपालिकाले दिएको समयसीमा भित्र अतिक्रमण नहटाएमा कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिईएको छ 
यता,मुखियाले आफुले भोग चलन गरेको जमिन कुनै ऐलानी तथा प्रति जमिन नरहेको र आफुले २०७१ सालमा जमिन लिँदा २०५० सालको बाढीले उत्त कुलो भत्काइ खोल्सो बनाई सकेको र उत्त कुलोलाई आफुले तत्कालीन गाविसमा समेत जानकारी गराई पोखरी खनेको बताए।यस अघिका गाउँपालिका अध्यक्ष महेन्द्र महतोसंग गाउँपालिकामा बसी छलफल भएको र आफ्नो जमिनबाट कुलोका लागि जमिन दिने र सिचाई समेत हुने गरी योजना बनाएकोमा त्यसको कुनै निष्कर्ष नआएको मुखियाले बताए ।उनले कुलोको विषयलाई लिएर राजनीति करण गर्न खोजिएको समेत बताए।उनले गाउँपालिकाले आफ्नो नम्बरी जमिन हडपेको पछि गाउँपालिकाले लिखित सहमती गरी आफ्नो आफ्नो नम्बरी जमिनमा जाने भनि लिखित सहभती भएको भएपनि गाउँपालिका अध्यक्ष महतोले सो सम्बन्धमा कुनै किसिमको चासो नराखेका र अख्तियारको टोलीले समेत आफ्नो जमिन नाप्दा कुनै समस्या नरहेको साथै अख्तियारले बोलाउँदा समेत गाउँपालिका अध्यक्ष महतो नआएका मुखियाले बताए ।

सम्बन्धित समाचार