Close This

लालबन्दीमा ड्राईभिङ्ग सेन्टर टुर एण्ड ट्राभल्सको उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१ गते   २७२५ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा शिवशक्ति ड्राईभिङ्ग सेन्टर टुर एण्ड ट्राभल्सको उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका ६ मा शिवशक्ति ड्राईभिङ्ग सेन्टर टुर एण्ड ट्राभल्सको उद्घाटन गरिएको हो ।
लालबन्दीकी युवा व्यावसायी सिता उप्रेतीले आफैँले शिवशक्ति ड्राईभिङ्ग सेन्टर टुर एण्ड ट्राभल्स सञ्चालनको तयारी पुरा गरेपछि सर्लाहीको क्षेत्र नम्बर १(ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो । युवाहरुले आफु स्वरोजगार बन्ने काममा लाग्दा आफुहरुलाई निकै खुसी लागेको कार्यक्रमकी प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य लुंगेलीले बताउनु भयो ।


कार्यक्रममा लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारी,वडा नम्बर६ का वडा अध्यक्ष उज्वल कुमार कार्की,वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने(कुमार),उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी लगायत यातायात व्यावसायीहरुको उपस्थिती रहेको थियो ।
शिवशक्ति ड्राईभिङ्ग सेन्टर टुर एण्ड ट्राभल्समा २÷४ पांग्रे सवारी साधनहरुको ट्रायल सिकाइनुको साथै गाडी भाडामा चाहिएमा समेत सो व्यावस्था रहेको शिवशक्ति ड्राईभिङ्ग सेन्टर टुर एण्ड ट्राभल्सकी सञ्चालक उप्रेतीले जानकारी दिनु भयो ।  उप्रेती आफैँ विगत लामो समयदेखि उइङ्गर चालक पनि रहनु भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech