ईश्वरपुर घर भत्काउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

3.1k Shares

सर्लाहीको ईश्वरपुरमा घर भत्काउने क्रममा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ ।  इश्वरपुर नगरपालिका ७ का राजेन्द्र साहको घर भत्काउने क्रममा करेन्ट लागेर ईश्वरपुर नगरपालिका ७ का नथुनी महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो ।  महतोलाई मंगलबार बिहान घर भत्काउने क्रममा करेन्ट लागेको थियो । 
स्थानिय स्वास्थ्य संस्थामा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाही पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार