विशेष अदालतबाट पनि नगर प्रमुख थापालाई धरौटीमा छाड्न आदेश

295 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापालाई रु तीन लाख धरौटीमा छाड्न आदेश गरेको छ।विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दामा नगर प्रमुख थापालाई रु तीन लाख धरौटीमा छाड्न आदेश गरेको हो । 
अख्तियारले २०८२ जेठ ३ गते बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख लीलाकुमारी मोक्तान,मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय कुमार यादवसहित आठ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा रु ५६ करोड ७१ लाखको मुद्दा दायर गरेको थियो ।
बागमती नगरपालिकाका नगर प्रमुख थापाविरुद्ध अख्तियारले विशेषमा दायर गरेको यो तेस्रो मुद्दा थियो।उक्त मुद्दामा विशेषले गरेको म्याद तामेलीपछि नगर प्रमुख थापा बुधबार अदालतमा उपस्थित भएका थिए।थुनछेक बहसपछि विशेष अदालतले नगर प्रमुख थापा सहितलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
उनीविरुद्ध यो सहित अन्य दुई मुद्दा विशेषमा विचाराधीन अवस्थामा रहेका छन्।नगर प्रमुख थापाविरुद्ध जिल्ला अदालत सर्लाहीमा पनि वन मुद्दा दायर भएकोमा सोमबार जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले रु ५० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।उनीहरु विरुद्ध बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी निर्माण कार्यमा वन ऐन विपरित र राज्यको सम्पतीको दुरुपयोग गरेको अभियोगमा मुद्धा दायर भएको थियो ।

सम्बन्धित समाचार