मधेश प्रदेश रग्वी संघको प्रथम अधिवेशन शनिबार सर्लाहीको लालबन्दीमा आयोजना गरिएको छ।मधेश प्रदेश सरकारका खेलकुद तथा सामाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा हुने संघको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने मधेश प्रदेश रग्वी संघ तदर्थ समितिका संयोजक रन्जित साहले जानकारी दिए ।
उनका अनुसार सर्लाहीको लालबन्दी स्थित होटल युनाईटेड प्रा.लिमा हुने मधेश प्रदेश रग्वी संघको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।एक वर्षे कार्यकाल रहने संघको हाल तदर्थ समितिमा १६ सदस्य रहेका छन् ।शनिबार हुने अधिवेशनले संघको कार्यकारी नेतृत्व चयन गर्ने संयोजक साहले बताए।कार्यक्रममा मधेश प्रदेशका रग्वी संघमा आवद्ध भएका जिल्लाहरुबाट प्रतिनिधिहरुको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।