Close This

२५० जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ४६१४

पत्र पत्रिका    प्रकाशित: २०७७-२-२९ गते   २८४ पटक हेरिएको

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ६१४ पुगेको छ ।पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ ।

योसँगै कुल संक्रमितको संख्या ४६ सय १४ पुगेको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिइएको हो ।बुधबारसम्म चार हजार ३६४ जनामा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमितमा २० जना महिला हुन् ।नेपालमा अहिलेसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घन्टामा आठ महिलासहित १८७ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८७ महिलासहित ८६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर तीन हजार ७३८ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ६२ हजार १३ जना ‘क्वारेन्टिन’मा रहेको पनि मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमण हालसम्म ७२ जिल्लामा फैलिएको छ ।इमेजखबरबाट 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech