शहीद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१७ गते   २३९८ पटक हेरिएको

सत्यनिरुपण तथा मेलमिलाप आयाेग र वेपता छानविन आयाेग गठन गर्न काम अझै बाकि रहेकाे र त्याे चाडैं  गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताउनु भयाे ।
उहाँले शहिदकाे सपना साकार पार्ने अभियान अन्तर्गत देशले जनताकाे संविधान पाएकाे बताउनु भयाे । देशमा चलेकाे महान जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने सबै शहिदकाे सपना उच्च र निस्वार्थ भावना रहेका उपराष्ट्रपति पुनले बताउनु भयाे । सशस्त्र द्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्यु भई सरकारले शहीद घोषणा गरेका मानिसहरुको परिवारलाई सम्मान तथा राहत हस्तान्तरण गर्न सर्लाही  आउनु भएका उप राष्ट्रपति पुनले यस्ताे बताउनु भएको हाे । उहाँले देशमा आमूल परिवर्तन ल्याउन शहिदले खेलेकाे भुमिका सदैव अमर रहने र पूरा नभएका सपना साकार पार्न पार्टी सधैं लागि रहने बताउनु भयाे  । 
मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेशी शहीद प्रतिष्ठानको आयोजनामा शहीदका परिवारलाई राहत प्रदान र सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उपराष्ट्रपति पुन आज(बिहीबार)सर्लाही आउनु भएको हो ।  
उपराष्ट्रपति पुनले आज(बिहीबार)सर्लाहीका सशस्त्र द्वन्द्वमा र विभिन्न घटनामा मृत्यु भएका ६० शहिद परिवारलाई सम्मान गर्नु
भएको मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जानकारी दिनु भयो । उहाँका अनुसार महान दश वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त गरेका मृतक ६० जनाको परिवारलाई उपराष्ट्रपति पुनले जनही रु १ लाख नगद र कदर पत्रबाट सम्मान गर्नु भएको हाे ।
जिल्लाको बरहथवा नगरपालिका २, हजरियास्थित सामुदायिक भवनमा शहिद परिवारलाई सम्मान र राहत वितरण गरिएको नेकपा(माओवादी केन्द्र) मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले बताउनु भयाे ।  मधेश प्रदेशका आठै जिल्लामा सहिद परिवारलाई सम्मान तथा राहत वितरणको काम चलि रहेकाे माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।
बरहगवा नगरपालिकाले बरहथवा नगर भित्रका सहिद परिवारहरुकाे शालिक बनाउने काम सुरु गरेकाे र निर्माण चाडैं सकिने नगर प्रमुख देवानन्द महताेले बताउनु भयाे ।
जनयुद्ध दिवशकाे अवसरबाट शुरु भएको सम्मान तथा राहत वितरण कार्यक्रमले धेरै सहिद परिवारलाई घाउमा मल्हम लगाएकाे र सहिद परिवारका सन्तानलाई उच्च शिक्षा,राेजगारीकाे ग्यारेन्टी गर्न तर्फ सरकारकाे ध्यान जान जरुरी रहेकाे सहिद परिवार राज कुमार यादवले बताउनु भयाे ।
मधेश प्रदेश सरकारले थालेकाे शहिदहरु प्रतिकाे सम्मान कार्यक्रम अरु प्रदेशले पनि सिक्नु पर्ने माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले बताउनु भयाे । उहाँले शहिदकाे रगतले देशमा परिवर्तन आएकाे बताउनु भयाे ।
साथै उहाँले शहिदकाे सपना अझै अधुरै रहेकाे र जसका लागि अरु धेरै संघर्षकाे आवश्यकता रहेकाे बताउनु भयाे ।
कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुन विमानमार्फत बुधबार मधेश प्रदेश आउनु भएको र बिहीबार(आज) बिहान ११ बजे बरहथवा नगरपालिका २ हजरिया आएर सहिद परिवारलाई सम्मान तथा नगद राहत हस्तान्तरण  गर्नु भएको मधेश प्रदेश सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव राम कुमार महतोले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech