Close This

सुन व्यवसायीको हत्या गर्ने सुटर ४ वर्षपछि पक्राउ,प्रहरी उपरिक्षक राठौर सर्लाही आएपछि अपराधिहरुको निदहराम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-५ गते   १७२ पटक हेरिएको

एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटरलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । २०७४ साल असोज २४ गते साँझ  पिडारी बजारमा सुनचाँदी पसल गर्ने सुनिल साहलाई पसल बन्द गरेर बुवासँगै घर फर्किदै गर्दा हरिपुर नगरपालिका–९, पिडारी र पिपरीयाको बीच बाटोमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
    ४ वर्ष पुरानो खुन डाँका तथा सङ्गठित अपराध मुद्दाका फरार प्रतिवादी लालबन्दी नगरपालिका–२, पुनर्वासका संजिव पासवानलाई प्रहरीले  पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । प्रहरी उपरिक्षक राठौरका अनुसार पासवान नै मुख्य सुटर बनेर सुनिलमाथि गोली प्रहार गरेका थिए । लामो समयसम्म छिमेकी मुलुक भारतमा लुकिछिपी बसेका पासवान गाउँ आउँदा कविलासी नगरपालिका क्षेत्रबाट पक्राउ परेका हुन् । 
पासवानले पक्राउ परेपछि प्रहरीले तयार पारेको मिसिलमा रहेको फोटो आफ्नो नरहेको भन्दै ढाँटेका प्रहरीले जनाएको छ । पछि उनकी श्रीमती र परिवारका अन्य सदस्य प्रहरी कार्यालय पुगेर मिसिलमा रहेको फोटो र पक्राउ परेको व्यक्ति एउटै रहेको पुष्टी गरेपछि प्रहरीलाई अदालत समक्ष पेश गर्न सहज भएको हो ।
प्रतिवादी पासवानलाई सर्लाही जिल्ला अदालत पेश गर्दा पूर्पक्षका लागि कारगार चलान गर्ने आदेश भएको र अदालतको सो आदेश बमोजिम सिन्धुली जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उरिक्षक मदन कुँवरले बताउनु भयो ।
सुनचाँदी व्यवसायी सुनिलको गोली हानी हत्या हुँदा उनको साथबाट रु ७ लाख १९ हजार ३ सय ७५ नगद समेत लुटिएको थियो । प्रहरीले घटना भएको केही दिनमै जय प्रकाश पासवान र उमेश पासवानलाई पक्राउ थियो । सुरुमा उनीहरु दुवै सर्लाही अदालतको २०७४ मङ्सिर २५ गतेको आदेश अनुसार पूर्पक्षका लागि कारगार चलान भएका थिए । पछि अदालतले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको थियो ।  सर्लाही प्रहरी प्रमुख भएर प्रहरी उपरिक्षक राठौर सर्लाही आएदेखि अपराधिक क्रियाकलाप गर्नेहरुको निदहराम भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech