Close This

आईसोलेसन,लिदी पहिरो पीडित र समन्वय समितिलाई गापाको सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१७ गते   ४९८ पटक हेरिएको

हरिहरपुरगढी गाउँकार्यपालिकाको बैठकको फोटो

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा निर्माणाधिन ५० वेडको आईसोलेसनका लागि  हरिहरपुरगढी गाउपालिकाले साढे पाँच लाख सहयोग गर्ने भएको छ ।हरिहरपुरगढी गाउँकार्यपालिकाको बैठकले निर्माणाधिन आईसोलेसन भवन निर्माणका लागि साढे पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउपालिकाका उपा अध्यक्ष अनिता राईले जानकारी दिनुभयो ।
“अहिले तत्कालका लागि भवन निर्माणमा ५ लाख ५० हजार रकम सहयोग गर्ने निर्णय गरेका छौं । भोलीका दिनमा जिल्लाका अन्य स्थानिय निकायलाई पर्ने भाग अनुसार सहयोगर्ने छौँ । ” उपा अध्यक्ष राईले बताउनु भयो ।
गाउँपालिकाको बैठकले जिल्ला समन्वय समिति सिन्धुलीलाई १ लाख सहयोग गर्ने निर्णय गरेको छ भने गाउँपालिकाका अध्यक्ष कार्साङ लामाकी दिबङ्गत ममतामयी माता कान्छी माया लामा प्रती शोक निर्णय समेत गरेको गाउँपालिकाले जनाएको छ ।
 जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जादाँ संक्रमितलाई राखेर उपचार गर्न आईसोलेसन वेडको अभाव भएपछि एकै पटक ५० वेडको आईसोलन भवन निर्माण गर्न सुरु गरिएको हो । आईसोलेसन भवन निर्माणमा अहिले विभिन्न निकायहरुले स्वात स्फुर्त रुपमा सहयोग गरी रहेका छन् ।
त्यसैगरी गाउँपालिकासंग सिमाना जोडिएका सिमानाकाहरु एक हप्ताका लागि  सिल गर्ने निर्णय पनि गरिएको गाउँपालिका ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता झल कुमार माझीले जानकारी दिनु भयो । त्यसैगरी सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीको पहिरो पीडितहरुलाई गाउँपालिकाले १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको प्रवक्ता माझीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech