पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जमा खेलाडी आदित्य बलम्पाकी मगरको मृत्युको घटनालाई लिएर स्थानीयले सडक बन्द गराएका छन् । मकवानपुरको सिस्नेरीमा पहिरोमा परेर मृत्यु भएका खेलाडी आदित्य आदित्यको मृत्युको घटनालाई लिएर आक्रेसित भएका पीडित परिवार र आफन्तका साथै स्थानीयले साेमबार दिउँसो करिब ३ बजेदेखि पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका १७ रानिगन्जमा पूर्व पश्चिम राजमार्ग बन्द गराएका हुन ।
शनिबार बिहान अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सिस्नेरीस्थित प्रशिक्षण केन्द्रमा पहिरोमा परेर लालबन्दी नगरपालिका १७ रानिगन्जका अन्दाजी १७ वर्षिय आदित्य सहित छ जना खेलाडीको मृत्यु भएको थियो । एन्फाको लापरवाहीका कारण आदित्यको मृत्यु भएको भन्दै आक्रोशित पीडित परिवारका साथै रानिगन्जका स्थानीयले रानिगन्ज चोकस्थित राजमार्गमा निस्किएर सोमबार दिउँसो ३ बजेदेखि चक्काजाम गरिरेका हुन ।
चक्काजामका कारण पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन ठप्प भएको छ । स्थानीयले आदित्यलाई न्याय दे,एन्फा मुर्दावाद ! जस्ता नारा लगाएर राजमार्गमा प्रदर्शन गरिरहेका सर्लाही फटबल संघका उपा अध्यक्ष विभु सिंश थापाले जानकारी दिए । चक्काजामपछि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । प्रहरी अधिकारीहरुले प्रदर्शन गरिरहेका स्थानीयलाई सम्झाइ बुझाई गरी राजमार्ग सूचारु गराउने प्रयास गरिरहेका छन् ।आदित्यको शव सोमबार बिहान एन्फाले हेलिकप्टरमार्फत रानिगन्जस्थित घर ल्याइदिने तयारी गरेपनि परिवारले शव बुझ्नै अस्विकार गरेका छन् ।