Close This

मलंगवाबाट २२ किलो गाँजा सहित एक युवक पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१६ गते   २६४९ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका–९ बाट वुधवार २२ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) मलंगवाको टोलीले मलंगवा नगरपालिका ९ का २४ वर्षीय ललित कुमार महतोलाई २२ किलो गाँजासहित पक्राउ गरेको जनाएको छ । 
महतोलाई तयारी अवस्थामा रहेको दुई पोका गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा मलंगवा नगरपालिका–९, स्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको हो । भने २२ किलो गाँजा सहित पक्राउ परेका महतोमाथी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech