माओवादी केन्द्र सहित तीन दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

462 Shares

नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा तीन विपक्षी दलले मत गर्ने निर्णय गरेका छन्।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवम निवर्तमान उप प्रधान एवम गृह मन्त्री रवि लामिछानेको बैठकले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका हुन्।
“नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) अनुसार नै पुनःसरकार बन्नु असंवैधानिक रहेको  भन्ने हाम्रो निष्कर्ष छ,तसर्थ हामी ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता र संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको जनपक्षिय संविधान जोगाउन भूमिका खेल्ने सहमति भएको हुनाले हामीले आइतबार प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत नदिने निर्णय गरेका छौं।”माओवादी केन्द्रका उप महासचिव एवम निवर्तमान उप प्रधान एवम अर्थ मन्त्री वर्षमान पुन(अनन्त)ले बताए ।
यता,एमालेका अध्यक्ष एवम प्रधानमन्त्री ओलीले “समृद्ध नेपाल सुखी नेपाली”को राष्ट्रिय आकाक्षा पूरा गर्ने वर्तमान सरकारको अठोट रहेको दाबी गरेका छन् ।उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको दावी गर्दै सहयोग गर्न सबैसंग आग्रह गरेका छन् ।
“सबैको सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ ।ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।”प्रधानमन्त्री ओलीले बताए ।प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार