एक समय मधेशमा फागु पुर्णिमा(होली)पर्वको प्रमुख आकर्षण मानिने “जोगिरा सररररर”गीत लोप हुने अवस्थामा पुगेको छ।फागु पुर्णिमा(होली)पर्वको उल्लास र उमंग पनि पछिल्ला वर्षहरूमा खस्कँदो अवस्थामा छ ।परम्परागत शैलीको होली संस्कृति विस्तारै हराउँदै गइरहेको स्थानीयवासीको गुनसो छ ।
फागु पुर्णिमा(होली)पर्वको अवसरमा नेपाल सरकारले भुगोल अनुसार सार्वजनिक बिदा समेत दिने गरेको भएपनि परम्परागत रुपमा महत्व रहेको फागु पुर्णिमा(होली)पर्वको रौनकता, उल्लास,उमंग र परम्परागत महत्व घटदै गएको छ ।
जोगिराको प्रभाव घट्दै
मधेशमा फागु पुर्णिमा(होली)पर्व केवल रंग छ्याप्ने मात्र नभई हास्य–व्यंग्यले भरिएको“जोगिरा”गाउने परम्परा थियो।“जोगिरा सररररर”लयमा गाइने गीतहरूले सामाजिक सन्देश दिने,मनोरञ्जन प्रदान गर्ने र समुदायलाई एक ठाउँमा ल्याउने गथ्र्यो।तर,पछिल्लो समय आधुनिक संगीतको प्रभाव बढेसँगै जोगिरा हराउँदै गएको छ।
“हामी जोगिरा गाएर होली खेल्थ्यौं,अहिलेको पुस्ता मोबाइलमा भिडिओ हेरेर होली मनाउँछ। डिजिटल मनोरञ्जनका कारण होलीको मौलिकता घटेको गएको छ।”बुढापाकाहरू भन्छन् ।
होलीको रौनकमा कमी
अघिल्लो वर्षहरूमा मधेशका गाउँ–सहरमा फागुन महिना लागेपछि नै होलीको माहौल सुरु भइसक्थ्यो। तर,यसपटक चहलपहल कम देखिएको छ।बजारमा रंग,गुलाल र पिचकारी किन्नेको संख्यामा कमी आएको व्यापारीहरू बताउँछन्।
त्यसैगरी,कोरोना महामारीपछि परम्परागत शैलीमा भेला भएर होली मनाउने चलन कम हुन थालेको थियो।त्यसको प्रभाव अझै कायम रहेको स्थानीय बताउँछन्।साथसाथै,समाजमा बढ्दो आपसी वैमनस्यताले सामूहिक होली खेल्ने संस्कृति पनि प्रभावित भएको छ।
संस्कृति जोगाउने प्रयास आवश्यक विशेषगरी नयाँ पुस्तालाई जोगिराको महत्व बुझाउने प्रयास आवश्यक रहेको संस्कृतिविद्हरू बताउँछन्।स्थानिय कलाकार र समुदायका अगुवाहरूले फागु पुर्णिमा(होली)पर्वलाई पुनःपहिलेकै रौनकमा फर्काउन प्रयास गर्नुपर्ने उनीहरूको सुझाव छ।
होली मधेशी समुदायको पहिचानसँग जोडिएको पर्व हो।यदि परम्परागत सांस्कृतिक पहिचानलाई जोगाइएन भने भविष्यमा फागु पुर्णिमा(होली)पर्व केवल औपचारिकतामा सीमित हुने चिन्ता व्यक्त गरिँदैछ। यसकारण,“जोगिरा सररररर”को लय फेरि मधेशका गल्लीहरूमा गुञ्जायमान गराउने प्रयास गर्नुपर्ने आवश्यकता देखिन्छ।
सामाजिक,धार्मिक तथा साँस्कृतिक महत्वको पर्व फागु पूर्णिमा(होली) बिहीबार पाहाडी जिल्लाहरूमा र र शुक्रबार मनाइदै छ।हरेक वर्ष फागुन पुर्णिमाका दिन रंगहरु खेलेर मनाईने सामाजिक,धार्मिक तथा साँस्कृतिक महत्वको पर्व फागु पूर्णिमा(होली)बिहीबार पाहाडी जिल्लाहरूमा र शुक्रबार तपाई मधेशमा मनाईने भएकाले नेपाल सरकारले बिहीबार र शुक्रबार सार्वजनिक बिदा समेत दिएको ।
होली पर्व र यसको महत्व
होली हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड हो,जुन हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ।यो पर्व विशेष गरी नेपाल र भारतमा धूमधामका साथ मनाइन्छ। मानिसहरूले एकअर्कालाई रङ लगाउने,खुशीयाली साट्ने तथा पारिवारिक एवम सामाजिक सम्बन्ध सुदृढ गर्ने होली पर्वको परम्परा छ।
होलीले समाजमा प्रेम,भाइचारा र एकता कायम गर्न मद्दत गर्छ, सत्य, निष्ठा र धर्मको विजयको प्रतीकका रूपमा यस पर्वलाई लिइन्छ।होलिका दहनले हानिकारक जीवाणुहरू नष्ट गर्ने विश्वास समेत गरिन्छ ।यसका साथै लोकगीत,नृत्य तथा परम्परागत संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा होली पर्वले योगदान पु¥याउँछ।
होली पर्वको ऐतिहासिक पृष्ठभूमि
होली पर्व विभिन्न पौराणिक कथाहरूसँग सम्बन्धित छ।त्यसमध्ये प्रह्लाद र होलिकाको कथा सर्वाधिक चर्चित छ। कथा अनुसार,दानवराज हिरण्यकश्यपले भगवान् विष्णु भक्त छोरा प्रह्लादलाई मार्न खोजे। प्रह्लादलाई होलिकालाई आगोमा जलाउन लगाएकी थिईन तर विष्णुको कृपाले प्रह्लाद बच्न सफल भए र होलिका आफैँ आगोमा जलेर नष्ट भइन्।यही घटनाको सम्झनामा होली मनाइन्छ, जसमा पहिलो दिन होलिका दहन (असत्यमाथि सत्यको विजय) गरिन्छ र दोस्रो दिन रंग खेल्ने परम्परा रहेको छ।
नेपालमा होली पर्वको परम्परा
नेपालमा होली विशेष गरी पाहाडी तथा तराई भेगमा फरक(फरक दिन मनाइन्छ।पाहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट उल्लासपूर्वक होली खेलिन्छ।यस पर्वको दिन काठमाडौं उपत्यकामा वसन्तपुर दरबार क्षेत्रमा राखिएको चीर ठड्याउने तथा विसर्जन गर्ने परम्परा छ।होली केवल रंगहरूको खेल मात्र नभई धार्मिक,सांस्कृतिक तथा सामाजिक रूपमा महत्वपूर्ण पर्व हो। यो पर्वले पुराना वैर(विरोधहरू बिर्सन,प्रेम फैलाउन र खुसी साटासाट गर्न प्रेरित गर्छ।