Close This

अत्याधिक चिसो बढेपछि लालबन्दी नगरपालिकाद्धारा नगरभित्रका सबै विद्यालयहरु बन्द गर्न आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२० गते   ३४४२ पटक हेरिएको

तराई मधेशमा बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै सर्लाहीको लालबन्दी नगरपालिका सहितका प्रदेश २ का केही स्थानीय निकायले विद्यालय बिदा दिएका छन् । बालबालिकाको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै लालबन्दी नगरपालिका सहित प्रदेश २ का केही स्थानिय निकायहरुले विद्यालयहरु बन्द गर्ने सुचना जारी गरेका छन् ।
बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २१ गते(भोली) देखि पुस ३० गते सम्म विद्यालय बन्द गर्न उक सुचना जारी गरिएको लालबन्दी नगरपालिका शिक्षा शाखाले जनाएको छ । 
अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै  लालबन्दी नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बुधबार(भोली)पुस २१ गतेदेखि पुस ३० गते शुक्रबारसम्म नगरका संस्थागत तथा सामुदायिक विद्यालयहरु बन्द गर्ने आग्रह गर्दै सुचना जारी गरिएको प्रमुख प्रशासकिय अधिकृत वासुदेव तिमल्सेनाले  जानकारी दिनु भयो । उहाँका अनुसार चिसोका कारण विद्यालयमा अध्यायन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरिएको हो ।चिसोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन थालेकाले विद्यालय बन्द गर्ने सुचना जारी गरिएको  नगरपालिकाले जनाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech