वृक्षरोपण महाअभियान चलाउने तयारी गरेको डि.व.का. सर्लाहीले करिब १२ लाख विरुवा उत्पादन गर्दै

486 Shares

डिभिजन वन कार्यालय सर्लाहीले वृक्षारोपण महा अभियान सञ्चालन गर्न करिब १२ लाख विरुवा उत्पादन गर्न सुरु गरेको छ।भोलिका दिनमा वन विकास कार्यका लागि विरुवा उत्पादन गर्दै वन क्षेत्र बाहिर हरियाली प्रवद्र्धन गर्न र ऐलानी पर्ती तथा व्यक्तिगत जमिनमा वृक्षरोपण गर्न महा अभिायन सुरु गर्न लागेको डिभिजन वन कार्यालय सर्लाहीले ११ लाख ८६ हजार विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न थालेको डिभिजन वन कार्यालय सर्लाहीका योजना शाखा प्रमुख लक्ष्मण साफीले जानकारी दिए ।

b2.jpg
उनका अनुसार प्रदेश वन निर्देशनालयको दुई लाख,समृद्धिका लागि वन परियोजनाबाट एक लाख ५० हजार,चुरे उत्थानशील आयोजनाबाट एक लाख,लखनदेही जलधार संरक्षण परियोजनाबाट तीन लाख र राष्ट्रिय वनबाट ३६ हजार बहुवर्षे र चार लाख एक वर्षे गरी विभिन्न प्रजातिका ११ लाख ८६ हजार विरुवा उत्पादन सुरु भएको हो ।

b3.jpg
छ वटा सव डिभिजन वन कार्यालय रहेको सर्लाहीको डिभिजन वन कार्यालय सहित सव डिभिजन वन कार्यालय लालबन्दी,घारी,जानकीनगर,मुर्तिया र मलंगवाका नर्सर उत्पादन स्थलमा महगनी,टिक,अमला,सिसौ,हर्राे,वर्राे,अम्वा,तेजपत्ता र कल्की फुल लगायतका करिब एक हर्जन प्राजातिका विरुवाहरु उत्पादन सुरु गरिएको र नीजि,सार्वजनिक जग्गाका साथै समुदायमा आधारित वन विकास र वन व्यवस्थापनका लागि निःशुल्क वितरण गरिने डिभिजन वन कार्यालय सर्लाहीका प्रुमख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए ।

b4.jpg
उनका अनुसार जलवायु परिवर्तनको असर कम गर्न तथा वातावरण संरक्षण गर्दै राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्याउन डिभिजन वन कार्यालय सर्लाहीले वृक्षारोपण महा अभियान सञ्चालन गर्न लागेको र सोही अभियानलाई लक्षित गरि ठूलो मात्रामा विरुवा उत्पादन सुरु गरेको हो ।लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको पुर्व पश्चीम राजमार्गसंगै जोडिएको अतिक्रमणको जोखिममा रहेको करिब सात कठ्ठा जमिनमा घेराबेरा गरी सेड हाउस समेत व्यवस्थापन गरेर स्थानीय बेरोजगार नागरिकहरुलाई रोजगारी सृजना गर्दै मधेश प्रदेश कै उत्कृष्ट नर्सरी बनाउने उद्धेश्य सहित काम भई रहेको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत हिरोहित चौधरीले बताए । 

सम्बन्धित समाचार