सर्लाहीका भारतीय सीमानाका तीन दिनका लागि बन्द “सिल”हुने

675 Shares

सर्लाहीसँग जोडिएका नेपाल भारत सीमा नाका आज(शुक्रबार)बाट तीन दिनका लागि बन्द “सिल”हुने भएका छन्।जिल्लासंग सिमा जोडिएका नेपाल भारत सिमा नाका आज(शुक्रबार) राति १२ बजेबाट तीन दिनका लागि बन्द “सिल”हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।उनका अनुसार“भारत बिहार राज्यको सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने लोकसभा चुनावलाई लक्षित गरी नेपाल भारत सिमानाका तीन दिनका लागि बन्द “सिल”गर्न लागिएको हो ।
मित्र राष्ट्र भारतमा हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार सीमा नाका तीन दिन बन्द “सिल”गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी धमलाका अनुसार आज(शुक्रबार)राति १२ बजेबाट जेठ ७ गते सोमबार राति १२ बजेसम्म तीन दिनका लागि सीमा नाका बन्द“सिल”गरिने भएको हो ।पहिलो चरणमा बन्द भएर जेठ ७ गते सोमबार राति १२ बजेपछि खुल्ने सीमा नाका अर्को चरणको निर्वाचनका लागि पुनःजेठ १० गते बिहीबार राति १२ बजेदेखि १२ गते शनिबार राति १२ बजेसम्म बन्द “सिल” रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज(शुक्रबार) जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।यो अवधिमा जिल्लाको पुर्वमा पर्सा गाउँपालिकाको हर्दिखोलादेखि पश्चीममा बलरा नगरपालिकाको बागमती नदीसम्मको सीमा नाका बन्द “सिल”हुने छ।नेपाल भारतमा निर्वाचन हुँदा ७२ घण्टा पहिला देखि नै सीमा नाका बन्द “सिल”गर्ने गरिएको छ ।

सम्बन्धित समाचार