सशस्त्र प्रहरीलाई मधेश सरकारद्धारा २० वटा मोटरसाइकल हस्तान्तरण

226 Shares

मधेश प्रदेश सरकारले सीमा सुरक्षा,नियमित गस्ती तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै शसस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशलाई २० वटा मोटरसाइकल उपलब्ध गराएको छ।मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका सीमावर्ती तथा संवेदनशील क्षेत्रमा सुरक्षा निकायको नियमित उपस्थितिलाई थप प्रभावकारी बनाउन मोटरसाइकल उपलब्ध गराइएको मन्त्री फकीरा महतोले बताए।उनका अनुसार मोटरसाइकलबाट सीमा क्षेत्रमा नियमित गस्ती,निगरानी तथा सुरक्षा व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।
भारतसँग चार सय ६४ किलो मिटर खुला सीमा जोडिएको मधेश प्रदेशमा सीमा सुरक्षा र नियमित गस्तीलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रदेश सरकारको योजनाअनुसार मोटरसाइकल हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।प्रदेश सरकारले सुरक्षा निकायलाई आवश्यक पर्ने थप १० वटा मोटरसाईकल उपलब्ध गराउने तयारी गरिरहेको मन्त्री महतोले बताए। 
शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन सम्पन्न बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको मन्त्री महतोले बताए।पर्याप्त सवारीसाधन उपलब्ध हुँदा नियमित गस्ती,सीमा निगरानी तथा आकस्मिक अवस्थामा सुरक्षाकर्मी लाई तत्काल परिचालन गर्न सहज हुने उनको भनाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशका प्रमुख प्रहरी एवम् शसस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई मन्त्री महत्तोले मोटरसाइकलको साँचो तथा ब्लुबुक हस्तान्तरण गरेका हुन्।२०५७ सालमा सीमा कै सुरक्षा गर्न भन्दै स्थापना गरिएको शसस्त्र प्रहरी अहलिे हरेक ४–४ किलो मिटरको दुरीमा बिओपी तथा गुल्म स्थापना गरेर तैनाथ रहेको भएपनि आवश्यक जनशक्ति र सवारी साधनको अभावमा  चाहेजति काम गर्न सकि राखेको अवस्था छैन ।

सम्बन्धित समाचार