डिभिजनल वन अधिकृत झाले गरे जन्म दिनमा सामाजिक काम

175 Shares

डिभिजन वन कार्यालय सर्लाहीका डिभिजनल वन अधिकृत एवम प्रमुख सन्तोष झाले आफ्नो जन्म दिनको अवसरमा हरिवन नगरपालिका–१ कैलाशपुरी स्थित रहेको मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन्।आफ्नो ५१ औँ जन्म दिनको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका झाले हरिवन नगरपालिका–१ कैलाशपुरी स्थित रहेको सिद्धेश्वर सामुदायिक वन उपभोक्ता समुह क्षेत्रमा विभिन्न प्रजातिका फलफुलका विरुवाहरु रोपेका छन् ।

0233b7ef-1e29-48c0-b6eb-563b5aa7468e.jpg
वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने तथा आयआर्जनमा टेवा पुर्याउने कार्यलाई निरन्तरता दिन तथा अरुले पनि वातावरण संरक्षण गर्न र जन्म दिनमा होटलहरुमा पार्टी गरेर अनावश्यक खर्च गर्नु भन्दा कुनै फरक काम गर्नु राम्रो हुने भएकोले मानव सेवा आश्रममा खाद्यान्न सहयोग तथा वृक्षारोपण गरिएको डिभिजनल वन अधिकृत झाले बताए ।

e4ada90f-31b0-470d-b5ca-39fc168cdbf5.jpg
वन संरक्षण,जैविक विविधताको संवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा वृक्षारोपणले महत्वपूर्ण काम गर्ने साथै फलफुलले अर्थाेपार्जनमा टेवा पुर्याउने उनले बताए ।यसका साथै डिभिजन वन कार्यालय सर्लाहीले विभिन्न स्थान र समयमा वृक्षारोपण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै हरियाली प्रवद्र्धन र वातावरण संरक्षण अभियानलाई निरन्तरता दिइ रहेको जनाएको छ।

सम्बन्धित समाचार