सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेकाे मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलमा अप्रेसन गरेका बिरामीको मृत्यु भएको छ ।पुस २८ गते लालबन्दीमा माेटरसाईकल दुर्घटनामा घाईते भएका स्थानीय सुनचाँदी व्यावसायी अन्दाजी वर्ष ३२ का आशिष साहकाे साेमबार लालबन्दी नगरपालिका ९ काे मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलमा खुट्टाकाे अप्रेसन भएको थियाे ।
पाँच शैयाकाे अस्पतालकाे अनुमति पाएकाे मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलले खुट्टाकाे अप्रेसन गरि स्टिल हालेका साहकाे मंगलबार राति अस्पताल मै मृत्युु भएको पीडित परिवारले गुनासाे गरेका छन् । सामान्य आईसियू र भेन्टिलेटर समेत नभएको मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलका सञ्चालक डा.मनिष साहले आफू हाड जाेर्निकाे विशेषज्ञ डाक्टर भएको बताउँदै लालबन्दी माेडेल अस्पताल प्रा.लि.ले काठमाण्डाैँ रेफर गरेका साहलाई भर्ना गराएर साेमबार अप्रेसन गरेका थिए ।
अप्रेसन पश्चात् उच्च ज्वराे आएपछि आफू बच्न बिरामी साहलाई अन्यत्र रेफर गरेका डा. साह साेही दिनदेखि फरार रहेका छन् ।सामान्य बिरामी रहेकाले अप्रेसन गरिएको र अप्रेसनकाे कारण नभई अन्य कारणले बिरामी साहकाे मृत्यु भएको डा.साहले दाबी गरे । आईसियु/भेन्टिलेटर नभएको अस्पतालमा अप्रेसन गर्न सकिन्छ ? भन्ने हाम्रो प्रश्नमा डा.साहले सामान्य बिरामी रहेका र अन्य राेगहरुका कारण उनकाे मृत्यु भएको भन्दै आफ्नाे बचाउ गरे ।
ज्वराे १०५ थियाे रे ? विरामी छटपटाएकाे थियाे रे ? त्यसपछि तपाईले आफू बच्न रेफर गर्नु भयाे ? भन्ने कुरा आएकाे छ ? नी भन्दा डा.साहले आफुले अप्रेसन राम्रोसँग गरेकाे तर बिरामीकाे अन्य कारण मृत्यु भएको भन्दै आफुलाई सहयाेग गरिदिन आग्रह समेत गरे । तर घट्ना घटे लगतै डा.साह फरार भएका छन् । यता, सराेकारवाला निकाय लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीलाई साे विषयमा जिज्ञासा राख्दा उनले आईसियु/भेन्टिलेटर नभएको अस्पतालमा अप्रेसन गर्न नहुने बताए ।उनले आफुलाई भेटेर साे विषषमा कुरा गर्न हामीसंग आग्रह गरे ।
सर्लाहीका निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य क्षेत्रलाई सेवा भन्दा पनि कमाउने व्यापारकाे रुपमा सञ्चालन गर्ने गरेका छन् । सराेकारवाला निकाय तीनै गैर कानुनी कार्यगर्ने निजी स्वास्थ्य संस्थाहरुबाट कमिसन असुलेर मस्त सुती रहेकाे स्थानीयकाे आराेप छ। शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।