इलाका प्रशासन कार्यालय सहित जिल्ला प्रशासन कार्यालय र अन्य पालिकाको सेवा सुचारु

383 Shares

जिल्ला प्रशासन कार्यालय सर्लाही र इलाका प्रशासन कार्यालयले सोमबारदेखि सम्पूर्ण सेवा सुचारु गरेका छन्।जिल्ला प्रशासन कार्यालय सर्लाही सहित ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवाले यसअघि कै झैँ नियमित सेवा प्रवाह सुरु गरेका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले तीन दिनअघि देखि नै आंशिक सेवा सुरु गरि सकेको सोमबारदेखि नयाँ नागरिकता र प्रतिलिपी नागरिकता जारी गर्नेदेखि राष्ट्रिय परिचय पत्रको काम समेत पूर्ववत् अवस्थाको झैँ सुचारु गरिएको हो ।“सर्भर”मा समस्या आउँदा सबै काम गर्न नपाएको भए पनि सोमबार बिहानबाट समस्या हटेसँगै आन्दोलन अघिको झैँ सेवा दिन सुरु गरिएको इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले बताए ।
“जेन जी”आन्दोलनमा क्षति नभएका संघीय तथा प्रदेश सरकार मातहतका र स्थानीय तहका कार्यालयहरु पनि सञ्चालनमा आइसकेका छन्।पूर्णरुपमा क्षतिग्रस्त भएका लालबन्दी,हरिवन, हरिपुर,ईश्वरपुर र बरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाले आवश्यक उपकरण र कागजातको प्रवन्ध गरी पाल टाँगेरै भए पनि सेवा प्रवाह गर्ने तयारी गरेका छन् ।बागमती नगरपालिकाले भने बैैकल्पीक व्यवस्था गरेर नागरिकहरुलाई सेवा प्रवाह गर्न थालि सकेको छ । जिल्लाभर भएका क्षतिको विवरण संकलन गर्न टोली परिचालन भएको र त्यसको समन्वयका लागि जिल्ला प्रशासन कार्यालयले समेत बेग्लै समिति बनाएर काम गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले बताए ।

सम्बन्धित समाचार