सिन्धुलीको कमलामाई नगरपालिकाले नगर हरित अभियान सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत ऐलानी,सामुदायिक, सार्वजनिक जग्गामा फलफुल विरुवा रोप्न सहयोग कार्यक्रम अन्तर्गत सत प्रतिशत सहयोगमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न चाहने कमलामाई नगरपालिका भित्रका कृषक समूह/कृषि सहकारी संस्था/कृषि फर्म/टोल विकास समिति/सामुदायिक वन उपभोक्ता समितिसंग अनुरोध गर्दै सूचना जारी गरेपछि कमलामाई नगरपालिकाले नगर हरित अभियान सञ्चालन गर्ने तयारी गरेको पाइएको हो ।
वृक्षा रोपण गर्न इच्छुक कमलामाई नगरपालिका भित्रका कृषक समूह/कृषि सहकारी संस्था/कृषि फर्म/टोल विकास समिति/सामुदायिक वन उपभोक्ता समितिले सात दिन भित्र नगरपाकिलकाको कृषि शाखामा विरुवा मागको निवेदन,संस्थाको हकमा विरुवा लगाउने संख्या सहितको निर्णयको प्रतिलिपि,सम्बन्धित संस्थाले जिम्मेवारी तोकेको प्रतिनिधि÷सदस्यको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि तथा सकल अख्तियारी पत्र,वडा कार्यालयको सिफारिस, संस्था दर्ता/नविकरणको प्रतिलिपि,स्थायी लेखा नम्बर दर्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै करचुक्ता प्रमाण पत्रको प्रतिलिपि पेश गर्न अनुरोध गरिएको नगगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताए ।
उनका अनुसार हरियाली प्रवद्र्धन,आयआर्जन वृद्धि र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्न कमलामाई नगरपालिकाले ऐलानी,सामुदायिक तथा सार्वजनिक जग्गाको सदुपयोग गर्दै फलफूल तथा बिरुवा रोप्न सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको हो ।