सर्लाहीको बागमती नगरपालिका ५ स्थित साेलेटीमा रहेकाे जनमुता नमुना माविकाे १२ काेठे भवन उद्घाटन गरिएको छ । नेपाल सरकारकाे रु २ कराेड ५१ लाखमा निर्माण भएको १२ काेठे अत्याधुनिक सुविधायुक्त भवन एक कार्यक्रमका विच उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक लाेकनाथ दाहालले जानकारी दिए । उनका अनुसार नेपाल सरकारकाे आर्थिक वर्ष२०७९/०८० मा आएकाे २ कराेड ५१ लाखकाे १२ काेठे अत्याधुनिक सुविधायुक्त भवन १८ मशिनामा निर्माण सम्पन्न गर्ने भन्दै धुलिखेल निर्माण सेवाले ठेक्का पाएकाे थियाे । 
अपाङ्ग मैत्री,बालबालिका मैत्री,पिउने पानी, अत्याधुनिक सुविधायुक्त शाैचालय सहितकाे भवन निर्धारित समय भन्दा पहिलै निर्माण गरिएको धुलीखेल निर्माण सेवाका सञ्चालक चेतन पाेख्रेलले जानकारी दिए । प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहकाे प्रमुख आतिथ्य एवम बागमती नगरपालिकाका नगर प्रमुख त कुमार थापाकाे विशेष आतिथ्य र बागमती नगरपालिका शिक्षा शाखाका ओम बहादुर कार्की लगायत बागमती नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुका साथै अभिभावक,विद्यार्थीहरु र शिक्षकहरुकाे उपस्थितिमा एक कार्यक्रमकाे आयाेजना गरि भवन उद्घाटन गरिएको हाे ।
विद्यालयलाई भाैतिक संरचना अभाव रहेकाे समयमा सुविधा सम्पन्न भवन निर्माण गरि हस्तान्तरण हुँदा अब विद्यालयका नियमित काम कार्बाही सञ्चालन गर्न सहज हुने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष एवम कार्यक्रमका अध्यक्ष कुमार तुम्सिङले बताए ।त्यसैगरी जनता नमुना माविका प्राविधिक तर्फका शिक्षकहरुलाई ल्यापटप पनि वितरण गरिएको छ । प्रविधिमैत्री पढन पाठन गर्न सहज हाेस भनेर १० जना शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको नगर शिक्षा शाखाका कार्कीले जानकारी दिए ।
