Close This

आत्मा निर्भर बनाउन महिलाहरुलाई तालीम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३१ गते   ३८७ पटक हेरिएको

सिन्धुलीको मरिण गाउँपालिकाका महिलाहरुले थाकलका  आकर्षक ब्याग, छत्रे टोपीलगाायत सामग्री बनाएका छन । गाईबाख्राका गोठ र घर छाउन प्रयोग गरिने थाकलको प्रयोग गरेर उनिहरुले आकर्षक ब्याग, छत्रे टोपीलगाायत सामग्री बनाएका हुन । 
थाकलको पातबाट घरेलु प्रयोगका सामग्री बनाउन मरिणका महिलालाई तालीम दिएपछि उनिहरुले आकर्षक ब्याग, छत्रे टोपीलगाायत सामग्री बनाएका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनु भयो ।
म्हिलाहरुलाई आत्मा निर्भर बनाउने उद्देश्यले सहकारीमा आबद्ध महिला सदस्यलाई तालिम दिइएर खेर गएको थाकल प्रयोग गरेर सहकारीमा आबद्ध महिलालाई आत्मनिर्भर बनाएको ” साहस लघुउद्यम सहकारी संस्थाका अध्यक्ष जीतबहादुर श्रेष्ठले बताउनु भयो । सहकारीले थाकलको पातलगायत स्थानीय कच्चापदार्थ प्रयोग गरी उत्पादन गरेका सामग्री गाउँपालिकाले खरिद गरिदिने गाउँपालिका अध्यक्ष बम्जनले बताउनु भयो ।
साहस लघुउद्यम सहकारी संस्थाले १५ दिने थाकलको झोला बुनाई सम्बन्धी सीप विकास तालिमको आयोजना गरेको थियो । तालिममा सहकारीमा आवद्ध गाउँपालिका ३ र ४ का महिला सदस्यको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
सहकारीमा आवद्ध विपन्न र एकल महिलालाई सो तालिम दिइएको गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ३ का वडा अध्यक्ष प्रख्यात मोक्तानले बताउनु भयो । तालिममा २० जना महिलाको सहभागिता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech