Close This

सिन्धुलीको चौँथो जिल्ला सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१७ गते   ३०८ पटक हेरिएको

जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा चौँथो जिल्ला सभा  सिन्धुलीमाढीमा सम्पन्न भएको छ । सभामा आर्थिक बर्ष ०७७÷०७८ को वार्षिक निति कार्यक्रम पेस भएको थियो ।
जिल्लाका स्थानिय निकायका प्रमुख तथा उपप्रमुखले आ–आफ्नो स्थानिय निकायमा गरेका वार्षिक प्रगति विवरणहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्लाका स्थानिय निकायका प्रमुख तथा उपप्रमुखले उठाएका जिज्ञासा तथा प्रश्नहरु माथि जिल्ला समन्वय समितिका सभापति शंकर राज बर्मा (तिवारी)ले सम्बोधन गर्नु भएको थियो ।
समन्वय समितिका सभापति तिवारीले जिल्ला भरिका विभिन्न स्थानिय तह अन्तर्गत नगरपालिका र गाँउपालिका भित्र रहेका ऐतिहासिक धार्मिक तिर्थस्थल तथा सिन्धुलीगढी, हरिहरपुरगढी दरबार र फिक्कललाई संरक्षण गरि प्रचारप्रसार गर्नु पर्ने बताउनु भयो ।
पर्यटन क्षेत्रको प्रबर्धन तथा विकास गर्नको लागि जिल्ला समन्वय समिति सिन्धुलीले छिटै गुरुयोजना तयार पारि संघिय सरकार , बाग्मती प्रदेश तथा स्थानिय तहसँग समन्वय गरि बजेट बिनियोजन गर्न माग गर्ने निणर्य भएको उहाँले बताउनु भयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धीत स्थानिय निकायमा छलफल गरी पहल गर्ने निर्णय भएको सभापति तिवारीले जानकारी दिनु भयो । 
जिल्लाका ९ वटै स्थानीय तह अन्र्तगत गाँउपालिका र नगरपालिकामा भएका विकास निर्माणका गतिविधिहरु अध्ययन, अनुसन्धान र अनुगमन गर्ने उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिलाई संघिय सरकारबाट प्राविधिक र जनशक्ति उपलब्ध नगराए स्थानिय तहले सहयोग गर्नुपर्ने सभापति तिवारीले बताउनु भयो । 
उक्त जिल्ला सभामा गाँउपालिकाका अध्यक्ष ,उपाध्यक्ष, नगरपलिकाका प्रमुख तथा उपप्रमुख, सदस्यहरु बिच छलफल गरि वार्षिक निति तथा कार्यक्रम पारित गरेकोे जिल्ला समन्वय समिति सिन्धुलीका सभापति तिवारीले कमलामाइ खबर डटकमलाई जानकारी दिनु भयो ।उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech