गत वर्ष भदौ २३ गते सुशासनको माग गर्दै भ्रष्टाचार विरुद्ध नवपुस्ता(जेनजी)ले गरेको आन्दोलनको क्रममा ज्यान गुमाएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का युवाको सम्झानामा जेनजी दिवशको अवसरमा पारेर शालिक अनावरण गरिएको छ ।काठमाडौँको नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसीका योगेन्द्र न्यौपाने (रोशन) को सम्झनामा गोलञ्जोर गाउँपालिका–१ च्याकुटार बेँसीमा शालिक अनावरण गरिएको हो ।
न्यौपानेको जन्मस्थल सुनकोशी नदी किनारस्थित उकास जग्गामा निर्माण गरिएको शालिकको गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने(पुकार)ले संयुक्त रूपमा अनावरण गरेका हुन ।सोही अवसरमा सहिद योगेन्द्र स्मृति पार्कको समेत उदघाटन गरिएको गोलन्जोर गाउँपालिका–१ का वडाअध्यक्ष सोमनाथ बराल(शंकर)ले बताए ।
अध्यायनको सिलसिलामा न्यौपाने भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस्दै आएका थिए।मुलुकमा सुशासन कायम हुनुपर्ने र आम नागरिकका माग सम्बोधन हुनुपर्ने दबाब सहित नवपुस्ता(जेनजी)ले आयोजना गरेको आन्दोलनमा सहभागी हुने क्रममा गोली लागेर उनको ज्यान गएको थियो ।
उनको योगदानलाई स्मरण गर्दै परिवार र स्थानीय तहको पहलमा शालिक तथा स्मृति पार्क निर्माण गरिएको हो।स्थानीय प्राथमिक विद्यालयका शिक्षकसमेत रहेका न्यौपानेका बुबा युवराज न्यौपानेले सुरु गरेको निर्माण कार्यलाई गोलञ्जोर गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो ।शालिक अनावरण कार्यक्रममा सहभागी भएका जनप्रतिनिधि,परिवारका सदस्य,स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले न्यौपानेले उठाएका सुशासन,जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका मुद्दालाई संस्थागत रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
सरकारले जेनजी आन्दोलनका क्रममा नवपुस्ता(जेनजी)बाट भएको बलिदानीको सम्मान गर्दै भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।सोही अवसरमा सार्वजनिक बिदा समेत दिइएको थियो।भने जेनजी सहिद दिवसका अवसरमा देशभर दिप प्रज्वलन गरिएको छ ।